Real Estate

खेतीयोग्य उर्वर जमिनलाई मासेर घर बनाउने कार्यलाई निरुत्साहित गर्नुपर्छ : प्रम ओली

bikashnirman | असार १, २०७५ - शुक्रबार

  काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तन संस्थागत भइसकेको हँुदा अब सुशासन र विकासको यात्रामा अगाडि बढ्न आग्रह गर्नुभएको छ । “स्थानीय निकाय, प्रदेश तथा संघको निर्वाचन सम्पन्न भई नयाँ राजनीतिक यात्रामा देश अगाडि बढिरहेको छ, अब सबै मिलेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न म आग्रह गर्छु ।” उहाँले भन्नुभयो । नेपाल जग्गा तथा आवास…

गरिबीको रेखामुनि रहेका घर परिवारलाई घर निर्माणका लागि प्रतिपरिवार रु ५० हजार

bikashnirman | जेष्ठ १५, २०७५ - मङ्लबार

काठमाडौँ ।  सरकारले गरिबीको रेखामुनि रहेका घर परिवारलाई जनता आवास कार्यक्रमका अलावा बसोबास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार दिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा सुरक्षित आवासको निर्माण आफैँले गर्न चाहेमा जस्तापाता, सहुलियत दरको काठलगायत सामग्री खरिद गर्न रु ५० हजार दिन…

घरजग्गा व्यवसायको वृद्धिदर लगभग स्थिर

bikashnirman | जेष्ठ ५, २०७५ - शनिबार

काठमाडौँ   । यो वर्ष घरजग्गा व्यवसायको वृद्धिदर लगभग स्थिर रहने एक सरकारी प्रतिवेदनले देखाएको छ । जमिनको खण्डीकरण रोक्न सरकारले नयाँ कित्ताकाटमा रोक लगाएको, राष्ट्र बैंकले यो क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गरेको र लगानीयोग्य रकम नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोकेपछि चालु आर्थिक वर्ष घरजग्गा व्यवसायको वृद्धिदर स्थिर हुने देखिएको हो । केन्द्रीय तथ्यांक…

संयुक्त आवासका क्षेत्रमा देखिएका समस्या समाधान भएन , पिडितका उजुरी बढे

bikashnirman | बैशाख १९, २०७५ - बुधबार

काठमाडौँ   ।   केही समय अघि  मात्र  काठमाडौँको  ढुंगे अड्डामा रहेको सिभिल होम्समा रहेको स्वमिंग पुल , पार्किङ स्थल आदिको स्वामित्वको बिबाद अदालत सम्मै पुग्यो  र  अदालतले   फैसला  गर्यो    त्यहाँ  बसोबास  गर्ने    व्यक्तिहरु   अर्थात  कम्युनिटीको  त्यसमा हक  लाग्छ भनी  ।   हाउजिंग निर्माणकर्ता   सिभिल ग्रुपले  कम्युनिटीले  उक्त  सेवाहरु बापत थप  रकम   तिर्नु   पर्ने   अडान  लिएपछि …

बीरगंजमा अपार्टमेन्ट,१ करोड देखि २ करोड सम्मका अत्याधुनिक फ्ल्याट बिक्रीमा

bikashnirman | चैत्र १६, २०७४ - शुक्रबार

बीरगंज। बीरगंज महानगरपालिका वडा नम्बर ३ मा अत्याधुनिक सुविधा सम्पन्न शालिमार होमस प्रा.लि.द्वारा निर्माण सम्पन्न गरिएको अपार्टमेन्टको आजबाट व्यवसायिक कारोवार शुरु भएको छ । शालिमार होमस द्वारा निर्माण गरिएको अपार्टमेन्टको आज एक समारोहका विच मुख्यमन्त्री लालबाबु राउतले शुभारम्भ गर्नु भयो । अपार्टमेन्टमा ३ दिनको लागि विशेष छुटको व्यवस्था समेत गरिएको छ । नौ तल्लाका दुई…

प्रदेश नं ३ को राजधानी हेटौडा बाट अन्यत्र सारिने प्रदेश मन्त्रीको खुलासा ,जग्गा व्यवसायीका कारण स्थान सार्वजनिक गर्न नमिल्ने

bikashnirman | फाल्गुन १३, २०७४ - आइतवार

चितवन ।  प्रदेश नं ३ को राजधानी हेटौडा नभई अन्यत्र राखिने  सोही प्रदेशका  भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले  खुलासा गरेका छन् ।प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको  समेत उनले दाबी  गरेका  छन् । आईतबार चितवनमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री स्थापितले  सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको …

एक अर्ब बढीको जग्गा दान

bikashnirman | फाल्गुन ४, २०७४ - शुक्रबार

काठमाडौं ।  काठमाडौं कान्तिपथस्थित श्रीजंग शाहले आफू बस्दै आएको सोही स्थानको ३ रोपनी भन्दा बढी जमिन (घरसमेत) नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पताललाई दान दिनुभएको छ । श्रीजंग फत्तेबाल आँखा अस्पतालका संस्थापक फत्तेजंग शाहका छोरा हुनुहुन्छ । आफ्नो बाबुले दान दिइ स्थापना गरेको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पताल, फुल्टेक्राको श्रीवृद्धि र आँखाका बिरामीको थप सुविधाका लागि आफूले जग्गादान गरेको दाता…

सुरक्षित घर अभियान सुरु हुदै

bikashnirman | पुस २८, २०७४ - शुक्रबार

काठमाडौँ ।  २० औँ भूकम्प सुरक्षा दिवस सुरक्षित घर अभियानका साथ मनाइने भएको छ ।  विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदाको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजनमा विसं २०५५ देखि यो दिवस मनाउने गरिएको हो । दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो । गोरखाको…

एनएमबि बैकको ३५ वर्षे घर कर्जा योजना

bikashnirman | पुस ७, २०७४ - शुक्रबार

काठमाडौँ  । एनएमबि बैकले ३५ वर्षे घर कर्जा योजना ल्याएको छ । घर वनाउने सपना र क्षमता हुदाँ हुदै पनि एकै पटक रकम खर्च गर्न नपर्ने भएकाले केही रकम भएकाहरु तर नियमितरुपमा किस्ता तिर्न सक्नेहरुका लागि बैकले यस्तो योजना ल्याएको जनाएको छ । न्युनतम मासिक किस्ता , अतुलनिय ब्याजदर , आर्थिक भार कम गर्न लामो अवधिको…

काठमाडौं महानगरपालिकामा घरको नक्सापास अब अनलार्इनबाट

bikashnirman | मंसिर २९, २०७४ - शुक्रबार

काठमाडौं  ।  काठमाडौं महानगरपालिकाले अनलार्इनबाट घरको नक्सापास गर्ने व्यवस्थालार्इ कार्यान्वयनमा ल्याएको छ। महानगरको दिवसका अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख  विद्यासुन्दर शाक्यले अनलार्इनबाट घरको नक्सापास गर्ने कार्यको थालनी गर्नु भयो । प्रमुख शाक्यले  काठमाडौलार्इ स्मार्टसिटी बनाउन डिजिटल नक्सा प्रणालीको थालनी गरेको बताउनु भयो  ।  उहाँले  महानगरमा कार्यरत पाँच इन्जिनियरलार्इ अनलार्इनबाट घरको नक्सा पास गर्ने प्रणालीको पासवर्ड समेत…

घरको सजावट

bikashnirman | मंसिर १२, २०७४ - मङ्लबार

काठमाडौँ । सामग्री धेरै हुने र स्थान सानो हुँदा दैनिक क्रियाकलापमा असहज भइरहेको हुन्छ । कोठा फर्निस गर्ने क्रममा स्पेस म्यानेजमेन्ट तथा वस्तुको मेजरमेन्टमा विशेष ध्यान दिनुपर्ने हुन्छ । हिजोआज थोरै जग्गामा घर निर्माण गर्ने क्रम बढ्दो छ । जसले गर्दा कोठाको आकार पनि सानो हुनु स्वाभाविकै हो । लिभिङ रुम सानो छ भने सोफा, टेबल…

आवासीय भवन निर्माणमा नयाँ आयाम दी इन्टरलेस

bikashnirman | मंसिर ८, २०७४ - शुक्रबार

  एसिया महाद्वीपको व्यवसायिक केन्द्रविन्दुमध्येको एक प्रमुख मानिने सिंगापुर धेरै कुराले विश्वमा परिचित छ र प्रख्यात् पनि । क्षेत्रफलको आधारमा हेर्ने हो भने ५७० वर्ग किमि भएको काठमाडौंभन्दा १५० वर्गकिमी बढी (७१९१.१ वर्ग किमी) मा अवस्थित यो सहर विश्वकै एक उत्कृष्ट नमुनाको रुपमा चिनिँदै आएको छ । विकास निर्माण, प्रविधि र व्यवसायिक केन्द्रको लागि परिचित…

कार्यालयमा वास्तुशास्त्रको प्रयोग

bikashnirman | मंसिर २, २०७४ - शनिबार

भीमप्रसाद गुरागाई हाम्रो वरिपरि व्याप्त पञ्चतत्वलाई उचित व्यवस्थापन र अनुकूल प्रयोग हुने गरी भौतिक संरचनाहरुको निर्माण गर्ने पौराणिक विज्ञानलाई नै वास्तुशास्त्र भनिन्छ । पौराणिक निर्माण विज्ञान वास्तुशास्त्रलाई गृह निर्माणको क्षेत्रमा मात्रै सिमित नराखेर आजको आधुनिक विज्ञानको जगतमा पनि विभिन्न तौरतरिकाबाट अन्यान्य क्षेत्रहरुमा प्रयोग भएको पाइन्छ । जसरी हाल आएर आधुनिक निर्माणको क्षेत्रमा वास्तुशास्त्रको व्यापक प्रयोग…

सहरी योजना प्रभावकारी भएन : बिज्ञ

bikashnirman | कार्तिक १३, २०७४ - सोमवार

काठमाडौँ ।  नगरपालिका घोषणा गरिएका शहरमा सामान्य पूर्वाधारको पनि विकास हुन नसकेकोमा विज्ञहरुले असन्तोष व्यक्त गरेका छन् । शहरी विकास मन्त्रालयले संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रमको आह्वानमा  सोमबार  आयोजना गरेको विश्व शहरी योजना र बसोबास दिवस कार्यक्रममा वक्ताहरुले शहरी योजना प्रभावकारी हुन नसकेको बताउनुभयो । प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार मनाउने गरिएको विश्व बसोबास दिवस यस…

डोनल्ड ट्रम्पका ९ सर्वाधिक महँगा सम्पत्ति

bikashnirman | अशोज २१, २०७४ - शनिबार

  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विभिन्न कारणसहित चर्चामा छाइरहन्छन् । राष्ट्रपति चुनावको प्रचारका बेला उनले आफ्नो सम्पत्तिको खुलेरै जानकारी दिए । ट्रम्पले आफ्नो धेरैजसो धनराशी जग्गा जमिनमा लगाएका छन् । रोडियो ड्राइव, बेवर्ली हिल्समा रहेको ट्रम्पको बेभर्ली हिल्स होम १० हजार ४ सय ४२ वर्ग फुटको विशाल क्षेत्रमा फैलिएको छ । हलिउड नजिकै भएको यो…

Top