News

काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्मको मेट्रो रेल निर्माणको प्रक्रिया अघि बढ्यो

bikashnirman | जेष्ठ ५, २०७५ - शनिबार

काठमाडौँ  ।   काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढने भएको  छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको जनाएको  छ ।  बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र आह्वान गरेको हो । आगामी चार साताभित्र विस्तृत…

योगका साधक दाहाल भन्छन – “नेपालबाट भारत गाडी निर्यात गर्ने सम्भाबना छ “

bikashnirman | जेष्ठ ५, २०७५ - शनिबार

शम्भु दाहाल ,अध्यक्ष  नेपाल अटोमोबाईल्स डिलर्स एशोसियसन शम्भु दाहाल नेपालकै ठुलो विजनेश हाउस सिप्रदी ट्रेडिङको उच्च तहको व्यक्ति मात्र होइन ,उनी योगका साधक पनि हुन । दाहाल हालै नेपाल अटोमोबाईल्स डिलर्स एशोसियसनका अध्यक्ष समेत बन्न सफल भएका छन । नेपालकै अग्रणी बिजनेस हाउस सिप्रदी   ट्रेडिंगको  उच्च तहमा रहेका दाहाल सिप्रदीका प्रभाकर सम्शेर , सिदार्थ सम्शेर…

नारायणगढ–मुग्लिन सडक वन्यजन्तु मैत्री

bikashnirman | जेष्ठ २, २०७५ - बुधबार

चितवन  ।विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ । आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो (अण्डरपास) निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि निर्माण गरेको छ भने मुख्य वन क्षेत्रको सडकमा…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा संचालन गरिदै

bikashnirman | जेष्ठ १, २०७५ - मङ्लबार

काठमाडौँ  । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  यही जेठ  सात गते देखि दैनिक २१ घण्टा संचालन गर्न लागिएको छ  ।  पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय…

नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने

bikashnirman | बैशाख २४, २०७५ - सोमवार

काठमाडौँ  ।   नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन् । यसका लागि आवश्यक आर्थिक सहयोगसमेत चीन सरकारले नै गर्नेछ । चिनियाँ प्राविधिकले अध्ययन गरी भदौ १५ सम्म प्रतिवेदन पेश…

७३ यातायात व्यवसायी पक्राउ

bikashnirman | बैशाख २१, २०७५ - शुक्रबार

काठमाडौँ  ।  सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले आज विभिन्न जिल्लाबाट पक्राउ गरेको छ । गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०, सुनसरीबाट नौ, झापाबाट आठ, बाराबाट सात, लमजुङ, रौतहट र खोटाङबाट पाँच पाँच, उदयपुर, सप्तरी, मकवानपुर र काभे्रपलाञ्चोकबाट तीन तीन जना र कालीकोटबाट दुई जनालगायत छन् । गृहमन्त्रालयले अन्य…

फास्ट ट्रयाकको डीपीआर तयार गर्न १७ कम्पनी ईच्छुक

bikashnirman | बैशाख २०, २०७५ - बिहिबार

काठमाडौँ   ।  नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १७ कम्पनीले इच्छा देखाएका छन् । कूल ७६.३ किमीको द्रुतमार्गको डिपिआर तयार गर्न एक स्वदेशी र १६ विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । डिपिआरका लागि आवेदन दिनेमा भारत र चीनदेखि…

कृषिमा प्राप्त बैदेशिक अनुदान खर्च हुन सकेन

bikashnirman | बैशाख १९, २०७५ - बुधबार

काठमाडौँ  ।  कृषि वस्तु उत्पादन तथा प्रवद्र्धनमामा अर्बौं रुपैयाँको वैदेशिक अनुदान प्राप्त भए पनि खर्च ६७ प्रतिशत मात्रै भएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार विश्व बैंक, एसियाली विकास बैंक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईफाड) लगायतका दातृ निकायले अनुदान तथा ऋण सहयोगमा २० अर्ब ३८ करोड ३० लाख रुपैयाँ खर्च गर्ने सम्झौता गरेका थिए । उक्त…

कैलाली र कञ्चनपुरका चारवटा नगरपालिकामा एडीबीले ९ अर्ब लगानी गर्ने

bikashnirman | बैशाख १८, २०७५ - मङ्लबार

धनगढी  । कैलाली र कञ्चनपुरका चारवटा नगरपालिकामा चार वर्षमा पूर्वाधार निर्माणका लागि झन्डै ९ अर्ब रुपैयाँ लगानी हुने भएको छ। एसियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा नेपाल सरकारले सुरु गरेको क्षेत्रीय सहरी विकास आयोजनामार्फत कैलालीका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरका भीमदत्त एवं शुक्लाफाँटा नगरपालिकामा ९ अर्ब रुपैयाँका पूर्वाधार निर्माण हुने भएका हुन्।धनगढी उपमहानगरपालिकामा ६…

काठमाडौँमा मोनोरेल गुडाउन चिनियाँ कम्पनीको प्रस्ताव पेश

bikashnirman | बैशाख १५, २०७५ - शनिबार

काठमाडौँ ।   काठमाडौँ महानगरपालिकामा  मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्नका लागी  चिनियाँ कम्पनीले  प्रस्ताव पेश गरेको छ ।   चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौँं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।   चक्रपथको २८ किलोमिटर सडकमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि कामपाका…

ऐन तथा निर्देशिका कार्यान्वयन नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले सुर्य टोबाको कम्पनीलाई कारबाही गर्ने

bikashnirman | बैशाख १५, २०७५ - शनिबार

काठमाडौँ  । स्वास्थ्य मन्त्रालयले एक साताभित्र सूर्य टोबाको कम्पनीलाई पूर्णरुपमा ऐन तथा निर्देशिका कार्यान्वयन नगरेकाले कारबाही प्रक्रियामा ल्याउने भएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सूर्य टोबाकोले ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्न तथा अंकित गर्न अटेर गरेकाले कारबाही प्रक्रिया शुरु गर्न लागिएको बताउनुभएको हो । राजधानीमा  आयोजित    “जनस्वास्थ्य प्रवद्र्धनः सूर्तिजन्य पदार्थ…

नेपाल रेडक्रसको जिम्माको भूकम्पबाट क्षति पुगेका निजी आवासको पुनःनिर्माण कार्य अन्तिम चरणमा

bikashnirman | बैशाख १२, २०७५ - बुधबार

काठमाडौँ  । नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्माको भूकम्पबाट क्षति पुगेका निजी आवासको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रेडक्रसलाई सात हजार ३९३ निजी आवास निर्माण गर्न अनुमति दिएको थियो । तीमध्ये तीन हजार २७७ निजी घर निर्माण सम्पन्न भइसकेको रेडक्रसद्वारा आज काठमाडौँमा  आयोाजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न देशका रेडक्रसको…

प्रतिव्यक्ति कूल उत्पादन एक लाख नाघ्यो

bikashnirman | बैशाख १२, २०७५ - बुधबार

काठमाडौँ ।  चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन रु एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित सूचकांकअनुसार विप्रेषण रु सात खर्ब २९ अर्ब २४ करोड २० लाख अर्थात् कूल गार्हस्थ्य उत्पादनको २४.२५ प्रतिशत हुनेछ । केन्द्रीय…

Nepal’s Nuwakot gets its first earthquake–resilient health post

bikashnirman | बैशाख १२, २०७५ - बुधबार

As Nepal marks three years since the devastating 2015 earthquake, the people in Belkot municipality in Nuwakot celebrated the opening of a brand new, earthquake-resistant and disabled-friendly health post, equipped with a berthing facility. State Minister for Health and Population Padma Kumari Aryal inaugurated the newly build Belkot Health Post on Tuesday in Belkot, Nuwakot….

फास्ट ट्रयाक निर्माणमा समन्वय र अनुगमनको संयन्त्र बनाईने

bikashnirman | बैशाख १०, २०७५ - सोमवार

काठमाडौँ  । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’ को निर्माण कार्य प्रभावकारी बनाई समयमै सक्न नेपाल सरकारले समन्वय र अनुगमनको संयन्त्र बनाउने भएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले राज्यको प्राथमिकता र समृद्धिसँग जोडिएको सोे आयोजनामा नेपाली सेनालाई सघाउन उक्त संयन्त्र शुरुमै बन्नुपर्नेमा त्यस्तो हुन नसकेकाले मन्त्रिपरिषद्मा सोबारे आवश्यक निर्णय गर्न प्रस्ताव लगिने जानकारी दिनुभयो । चौमासिक रुपमा…

Top