interview

काम गरिखाने शिक्षा हो प्राविधिक शिक्षा

bikashnirman | माघ ७, २०७४ - आइतवार

  पुष्परमण वाग्ले, सदस्यसचिव, प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् (सिटिइभिटी) वि. सं २०४५ सालमा प्राविधिक शिक्षा प्रदान गर्न स्थापना भएको प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी)ले हालसम्म थुप्रै प्राविधिक जनशक्ति उत्पादन गरिसकेको छ । दक्ष जनशक्ति उत्पादन गरी देश विकासको लक्ष्यसमेत राखेर स्थापना गरिएको यस संस्थाले प्रतिवर्ष एक लाखभन्दा बढी जनशक्ति उत्पादन गर्दै आएको छ…

‘बर्सात्अघि नै ६० प्रतिशत भूकम्पपीडितलाई छानो हुनेछ’

bikashnirman | मंसिर ४, २०७४ - सोमवार

      युवराज भुसाल ,प्रमुख कार्यकारी अधिकृत ,रास्ट्रिय पुनर्निर्माण प्राधिकरण       राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएपछिको चौथो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त हुनुभएको छ ।  प्राधिकरणमा के समस्या रहेछन् र यसले जनअपेक्षाअनुसार काम गर्न नसकेको रहेछ ? मेरो नियुक्ति भएको एक साता भयो ।  प्राधिकरणका समस्या के–कति छन् म अझै खोतल्दै छु । …

नेपालले लगानीको उपयुक्त वातावरण बनाउनुपर्छ: झा

bikashnirman | कार्तिक ७, २०७४ - मङ्लबार

प्रा.डा. राजीव झा, संयोजक, अन्तर्राष्ट्रिय विभाग चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजिवीहरूको संस्था (थिंक ट्यांक) नेपालमा चिनियाँ लगानी बढ्दै गएको छ । हालैमात्र ३६ अर्ब ७५ करोड रुपैयाँको चिनियाँ लगानी सिमेन्ट उद्योगमा आएको छ । निजी कम्पनीसँगै चीन सरकार स्वयम्ले पनि नेपालमा लगानीका लागि अग्रसरता देखाउँदै आएको छ । चिनियाँ उच्चपदस्त पदाधिकारीको समयसमयमा हुने नेपाल भ्रमणमा…

भूकम्पपछि उपभोक्ता सचेत भएका छन्

bikashnirman | भदौ १६, २०७४ - शुक्रबार

आनन्द नेपाल प्रमुख कार्यकारी अधिकृत, शंकर ग्रुप आनन्द नेपाल नेपालको स्टिल इन्डस्ट्रिजमा अनुभवी नाम हो । दुई दशकभन्दा लामो समय स्टिल इन्डस्ट्रिजमा बिताएका नेपाल लामो समयदेखि शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टिलमा संग्लन भएर कार्य गरिरहेका छन् । इन्जिनियरिङ ब्याकग्राउन्ड भएका नेपालसँग नेपालको समग्र स्टिल इन्डस्ट्रिज र नेपालको स्टिल इन्डस्ट्रिजमा अग्रणी जगदम्बा स्टिलका बारेमा गरेको कुराकानी ः…

बजेटको कार्यन्वयन सहज हुनेछ

bikashnirman | भदौ १२, २०७४ - सोमवार

  डा. शान्तराज सुवेदी, सचिव, अर्थमन्त्रालय आर्थिक वर्ष २०७४÷०७५ का लागि जेठ १५ गते नै जम्मा १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट व्यवस्थापिका संसद्मा प्रस्तुत भएको थियो । नेपालको संविधान ०७२ मै प्रत्येक वर्षको जेठ १५ गते सरकारले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने उल्लेख भएपछि इतिहासमै पहिलोपटक…

जग्गा राज्यको हो भन्ने वास्तविकता स्थापित गर्न सरकार चुकेको छ

bikashnirman | साउन २२, २०७४ - आइतवार

सचिव कृष्णप्रसाद देवकोटा, भूमिसुधार तथा व्यवस्था मन्त्रालय कृष्ण प्रसाद देवकोटा  खरो सचिवकारुपमा चिनिन्छन  ।आफ्नो  कार्य प्रति  दृढ  स्वभावका   देवकोटा  सवै जग्गा जमीनको पहिलो स्वामित्व सरकारमै हूने बताउछन  ।  जनताले यसको उपभोग गरी निश्चित कर तिनुपर्ने मान्यता सबैले मनन गर्नु पर्ने सचिब देवकोटा बताउछन  । अब जग्गा राज्यको हो भन्ने वास्तविकता स्थापित गर्नु पर्छ, यसमा विभिन्न…

सरकारले सहुलियत दिए लगानी बढ्ने छ 

bikashnirman | असार २९, २०७४ - बिहिबार

 शंकर घिमिरे, अध्यक्ष, नेपाल औषधि उत्पादक संघ औषधी उत्पादनमा नेपालको अवस्था कस्तो छ ? नेपाल औषधी उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढेको छ । क्यान्सरलगायतका केही रोगका बाहेक अधिकांश औषधीहरु नेपाली औषधी उत्पादकहरुले उत्पादन गरिरहेका छन् । हाल ५१ वटा कम्पनीहरुले नेपालीमा औषधी उत्पादन गरिरहेको अवस्था छ । हाल नेपाल १० वटा औषधीमा पूरै आत्मनिर्भर रहेको अवस्था…

आगामी पाँच वर्षसम्म इँटामा भ्याट उपयुक्त छैन

bikashnirman | जेष्ठ १२, २०७४ - शुक्रबार

महेन्द्र चित्रकार, अध्यक्ष, नेपाल इँटा उद्योग महासंघ   नेपालमा इँटा उद्योगहरुको अवस्था कस्तो छ ? हाल नेपालभर ९५० जति इँटा फ्याक्ट्रीहरु सञ्चालनमा रहेका छन् । त्यसमध्ये पनि १०८ जति फ्याक्ट्री काठमाडौँ उपत्यकाभित्रै सञ्चालनमा रहेका छन् । एक हिसाबमा भन्दा इँटा उत्पादनमा प्रतिस्पर्धा बढी नै रहेको छ । नेपालको माग धान्न सक्ने गरी इँटा उत्पादन गर्न…

हाल कायम जग्गा हदबन्दी अहिले सान्दर्भिक छैन

bikashnirman | जेष्ठ ९, २०७४ - मङ्लबार

विक्रम पाण्डे, पूर्व मन्त्री  , अध्यक्ष्य  कालिका ग्रुप  इन्फ्रास्ट्रक्चर विकासबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका विक्रम पाण्डे राजनीतिक जीवनमा समेत सक्रिय छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूमिसुधार तथा व्यवस्था मन्त्री  बनिसकेका  पाण्डेले नेतृत्व गरेको कालिका कन्स्ट्रक्सनले नेपालभित्र मात्र होइन देशबाहिर पनि निर्माणको क्षेत्रमा कार्य गर्दै आएको छ । नेपालको अग्रणी निर्माण कम्पनीको प्रमुखसमेत रहेका पाण्डेसँग…

मेलम्ची समयमै आउनेमा कुनै शंका छैन

bikashnirman | जेष्ठ ४, २०७४ - बिहिबार

भीमप्रसाद उपाध्याय सचिव, खानेपानी तथा सरसफाई मन्त्रालय   मेलम्ची काठमाडौँबासीको सपना होइन अब उपहार बनेर आउँदै छ । दसैँभित्रमा काठमाडौँ उपत्यकाभित्र मेलम्चीको पानी ल्याउने दृढताका साथ अहिले काम भइरहेको छ । १७ करोड लिटर पानी प्राप्त हुने मेलम्चीको पानीले काठमाडौँबासीलाई ठूलै राहत दिनेछ । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायसँग मेलम्ची खानेपानी आयोजना, खानेपानीमा…

ठूला परियोजनालाई डण्डी आयातमा दिँदै आएको राजस्व छूट हटाउनुपर्छ

bikashnirman | बैशाख २०, २०७४ - बुधबार

  उद्यमी राजेशकुमार क्याल औद्योगिक तथा व्यापारिक घराना क्याल समूहका निर्देशक हुन् । यो समूहले निर्माणका अधिकांश सामग्री उत्पादन गर्दै आएको छ । यो औद्योगिक घरानासित यस्ता सामग्रीको उत्पादन र बजारीकरणको लामो अनुभव छ । विगत लामो समयदेखि निर्माण सामग्रीको उत्पादनमा सक्रिय हुनुहुन्छ । के कस्ता सामग्री बजारमा पुर्‍याउनुभएको छ ? हामीले २ दशकभन्दा लामो…

निजी क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण फेर्न सकिएन

bikashnirman | बैशाख १५, २०७४ - शुक्रबार

  महासंघमा डेढ दशकदेखि प्रत्यक्ष आबद्ध रहेर नेतृत्वमा पुग्दै अब भने निवर्तमान अध्यक्ष हुनुभएको छ, कस्तो महसुस भइरहेको छ ?  महासंघमा मैले १४ वर्ष अथवा ५ टर्म पूरा गरेको छु । नेतृत्वमा रहेर २१ महिना काम गरेँ । भर्खरै चुनाव सकिएर नयाँ नेतृत्व पनि आएको छ । मलाई के लाग्थ्यो भने चुनावका बेला सधैँ केही…

पुनर्निर्माणले अब गति लिन्छ

bikashnirman | बैशाख १३, २०७४ - बुधबार

० पुनर्निर्माण प्राधिकरण यतिबेला के गर्दै छ ? विनासकारी भूकम्पपछिको पुनर्निर्माण कार्यलाई गतिदिने उद्देश्यले सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गरेको हो । प्राधिरकरणको गठनयता पीडितको पहिचान गर्ने र उनीहरूलाई राज्यले तोके अनुसार सुविधा दिने काम सुरु भएको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ लाभग्राही मध्ये ४९ हजार…

हामी इमान र पद्धतिको राजनीति गर्न आएका हौं

bikashnirman | बैशाख १३, २०७४ - बुधबार

    राजनीति इतरको पृष्ठभूमि भएका व्यक्तिहरूको सक्रियतामा हालै मात्र स्थापना भएको साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका लागि पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य किशोर थापालाई आफ्नो उम्मेदवारको रूपमा अघि सारेको छ । साझा पार्टीको यो निर्णयसँगै थापा यति बेला चुनावी अभियानमा व्यस्त छन् । २०३१ सालको एसएलसीका बोर्ड फर्स्ट , आर्किटेक्ट इञ्जिनीयर थापासँग शहरी विकास,…

‘अब लोडसेडिङ हुँदैन’

bikashnirman | चैत्र ३१, २०७३ - बिहिबार

अहिले काठमाडौँ उपत्यकामात्र नभएर लगभग देश नै लोडसेडिङमुक्त भएको छ, यस्तो कसरी सम्भव भयो ? हामीले तीन÷चारवटा विषयलाई केन्द्रमा राखेर कार्य गर्दा लोडसेडिङबाट देशलाई आधारभूत रूपमा मुक्त पारिएको छ ।  पहिलो, आपूर्तिको व्यवस्थापनमा ध्यान दिएर काम गरिरहेका छौँ ।  जेनरेसन (उत्पादन) लाई उपलब्धता भएअनुसार अधिकतम चलायौँ ।  जनरेसन प्लान्टहरूलाई पिकिङ अपरेसन (उच्च क्षमता) गम्भीररूपले विश्लेषण…

Top