Construction

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकियो

bikashnirman | असार ४, २०७५ - सोमवार

भैरहवा । अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । स्थानीयवासी ‘रन वे’मा जम्मा भएर आन्दोलन गरेका कारण विमानस्थल निर्माणको काम रोकिएको हो । नदीजन्य पदार्थ डम्पिङ गरिएको ठाउँ धावन मार्गमा स्थानीयवासीले अवरोध गर्दै आन्दोलन गरेका छन् । नदीजन्य पदार्थबाट विमानस्थलको सम्पूर्ण काम हुने भएकाले नदीजन्य…

नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण चाडै सकिदै

bikashnirman | जेष्ठ १६, २०७५ - बुधबार

चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सम्पन्न भएको छ । पाँचौँ पटक थपिएको मिति आज सम्पन्न भएपनि बाँकी दुई खण्डको काम भने सकिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०.७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको छ । सो सडकको काम हाल सम्पन्न भए…

निर्माण सामाग्रीमा आत्मनिर्भर बन्ने योजना ,उत्पादनमुलक उधोगमा जोड

bikashnirman | जेष्ठ १५, २०७५ - मङ्लबार

काठमाडौँ  ।  सरकारले आगामी दुई वर्षभित्र फलामे डण्डी, काठ, सिमेन्टलगायतका आधारभूत निर्माण सामग्रीका कम्तीमा एक दर्जन वस्तुमा आत्मनिर्भर हुने उद्देश्यले त्यस्ता उत्पादनलाई आधारभूत संरक्षण दिने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा आर्थिक वर्ष २०७५÷७६ को आयव्ययको विवरण प्रस्तुत गर्दै जुट, गलैँचा, तयारी पोशाक, पश्मिना, रेशम र कपासमा आधारित उद्योग, जुत्ता र हस्तकलालगायतका…

सडक , पुल र रेल सरकारको प्राथमिकतामा

bikashnirman | जेष्ठ ७, २०७५ - सोमवार

काठमाडौँ  ।  सरकारले महत्वपूर्ण राष्ट्रिय राजमार्गलाई द्रुतमार्गका रुपमा स्थापित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद््को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷२०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडकको रेखांकन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो । पाँच वर्षभित्र काठमाडौँ–निजगढ द्रुतमार्ग, मध्यपहाडी(पुष्पलाल) लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गरिने छ…

नुवाकोटको बेलकोट नगरपालिकामा युएनडिपीले बनायो स्वास्थ्य चौकी,कोरीया सरकारकोे सहायता

bikashnirman | बैशाख १२, २०७५ - बुधबार

नुवाकोट   ।  २०७२ बैशाख १२ गते  गएको   महाभूकम्पपछि सुरु गरिएको पुनर्निर्माण कार्य अन्र्तगत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला स्वास्थ्य समिति तथा स्वास्थ्य व्यवस्थापन समितिसँगको साझेदारी र गणतन्त्र  कोरीया सरकारकोे सहायतामा नुवाकोट जिल्लाको बेलकोट नगरपालिकामा निर्माण गरेको स्वास्थ्य चौकीको आज उद्घाटन भएको छ । यो स्वास्थ्य चैकी सहीत युएनडिपीले कोरीया सरकारकोे सहायतामा…

त्रिशूली ‘थ्री ए’ले गति लियो

bikashnirman | फाल्गुन २६, २०७४ - शनिबार

काठमाडौँ ।   त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भएको छ । यस अघि भूकम्पले क्षति पु¥याउँदा र चिनियाँ एक्जिम बैङ्कसँग ऋण सम्झौता हुन नसक्दा लामो समय रोकिएको निर्माण कार्य गत तीन महिनादेखि पुनः सुरु भएपछि आयोजनाले गति लिएको छ । भूकम्पसँगै निर्माणका भएका संरचनामा क्षति पुगेको र नाकाबन्दीले समेत काममा प्रभाव…

भारतले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि अनुदान सहयोग गर्ने

bikashnirman | फाल्गुन २४, २०७४ - बिहिबार

काठमाडौँ ।   भारत सरकारले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । नेपालको भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्यालय (युएनओपिएस) बीच आज साझेदारी सम्झौता– पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारले यसअघिको सहयोग सम्झौताअन्तर्गत…

केस ब्रान्डका हेभी इक्वीपमेन्ट तथा पार्टपुर्जा अब जनकपुरबाट पनि

bikashnirman | माघ १७, २०७४ - बुधबार

जनकपुर ।   शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले जनकपुरमा केस कन्स्ट्रक्सनको शोरुम संचालनमा ल्याएको छ।  शोरुमबाट विभिन्न कन्स्ट्रक्सन इक्वीपमेन्ट तथा पार्टपूर्जाको बिक्री वितरण र सेवा प्रदान हुने कम्पनीले जनाएको छ।  धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाह, इटा उद्योग संघका अध्यक्ष बिनयकुमार यादव र जगदम्बा मोटर्स हेवीइक्युपमेन्ट डिभीजनका प्रमुख संजिव देउजाले संयूक्त रुपमा शोरुमको उदघाटन गरे। यो सहित देशभर…

काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन सेना आफैले तयार पार्ने , २० करोड लाग्ने अनुमान

bikashnirman | माघ २, २०७४ - मङ्लबार

काठमाडौँ  । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने  जनाएको छ  ।  सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिनुभएको हो । उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो । डिपिआर भारतीय पक्षसँग लिने कि नलिने भन्ने विषयमा विगतमा निकै छलफल र बहस भएको…

हेटौँडा सिमेन्टको मूल्य बढ्यो , प्रतिबोरा १सय बढी तिर्नु पर्ने

bikashnirman | पुस ३०, २०७४ - आइतवार

काठमाडौँ ।  सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो ।  उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा रु ९१२ बिक्री मूल्य पुगेको…

कालिगण्डकी करिडोरको पर्वत खण्डमा ३ वटा मोटरेवल पुल निर्माण हुने

bikashnirman | पुस १८, २०७४ - मङ्लबार

पर्वत । राष्ट्रिय गौरवको आयोजना उत्तर दक्षीण जोड्ने कालिगण्डकी करिडोरको पर्वत खण्डमा ३ वटा मोटरेवल पुल निर्माण हुने भएको छ । करिडोरमा पर्ने पर्वतको कुश्मा र फलेवास नगरपालिकाको बिचमा पर्ने मोदीखोला पुल, फलेवास र कुर्घाको बीचमा पर्ने लमायाखोलाको पुल, सेतीवेणीको सेतीखोलामा सेतीखोला मोटरेवल पुल निर्माणको कार्य अगाडी बढाईएको हो । मोदीखोला मोटरेबल पुलको निर्माण कार्य मुक्तिनाथ…

निर्माणाधीन क्षयरोग अस्पतालको भवनमा नगरपालिकाको शिलबन्दी

bikashnirman | पुस १३, २०७४ - बिहिबार

भक्तपुर ।  नगरपालिकासँग स्वीकृति नलिई , नक्सासमेत पास नगरी निर्माण शुरु गरेको भन्दै   मध्यपुरथिमि  नगरपालिकाले वडा नं ४ मा निर्माणाधीन क्षयरोग अस्पतालको भवनमा शिलबन्दी गरेको छ । अस्पतालक्षेत्र भित्र सरकारको  २९ करोड रुपैयाको लागतमा निर्माण भइरहेको राष्ट्रिय क्षयरोग केन्द्रको ३०० शय्याको क्षयरोग अस्पतालको निर्माण कार्य रोक्दै नगरपालिकाले बिहिबार  शिलबन्दी गरेको हो । नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रमुख…

दोलखामा १७ हजार भूकम्पपीडितले घर निर्माण गरे

bikashnirman | पुस ८, २०७४ - शनिबार

दोलखा। दोलखामा   ५  सय ६६ जना  भूकम्पपीडितले मात्र  सरकारले दिने स्थायी आवास निर्माणका  लागि रकम बुझेका छन् ।  लेखा नियन्त्रक कार्यलय दोलखाले हालसम्म पहिलो किस्ता ५५ हजार ८१ र दोस्रो किस्ता १४ हजार ८०७ जनाले मात्रै  बुझेको   जनाएको छ । पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाले भने  करिब १७ हजार नागरिकले घर निर्माण गरिसकेको जनाएको छ…

नारायणगढ–मुग्लिन सडकखण्डमा ठेकेदार कम्पनीबाट ७५ लाख जरिवाना

bikashnirman | पुस ३, २०७४ - सोमवार

चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डमा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट रु ७५ लाख जरिवाना असुल गरिएको छ । सडक निर्माणमा ढिलासुस्ती गरेका कारण सो सडकको पहिलो र तेस्रो खण्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किमी सडकखण्ड निर्माणको जिम्मा…

वीरगञ्ज–पथलैया मार्ग निर्माणमा ढिलाइ

bikashnirman | मंसिर २५, २०७४ - सोमवार

वीरगञ्ज । सडक सीमा अधिग्रहण तथा निर्माण व्यवसायीको ढिलासुस्तीले वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत ६ लेन सडक निर्माणमा ढिलाइ भइरहेको छ ।  २०७५ पुससम्म निर्माण पूरा गर्ने गरी २०७३ असारमा ठेक्का–सम्झौता भएको थियो ।  सम्झौता अनुसार अहिलेसम्म ६० प्रतिशत काम हुनुपर्नेमा ४० प्रतिशत मात्र भएको छ । निर्वाचन लगत्तै निर्माण कार्य तीव्र गतिमा सुरु गर्ने…

Top