Banking

यस्तो छ ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टर्डको वितिय अवस्था

bikashnirman | कार्तिक २७, २०७५ - मङ्लबार

काठमाडौँ   ।  वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा आज ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमइ बैंकले रु ५१ करोड ७६ लाख नाफा कमाएको छ ।  बैंकले यस अवधिमा ५२ दशमलव ४२ प्रतिशत…

तराई मधेशमा समेत छैनन् प्रयाप्त बैंक , काठमाडौँ सहित सहरी भागमा मात्र थुप्रिए बैंक

bikashnirman | असार २, २०७५ - शनिबार

काठमाडौँ   ।  तराई मधेशका जिल्लालाई सुगम मानिए पनि एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनका आधारमा तराईका जिल्लामा एक बैंक तथा वित्तीय संस्थाले १७ हजार ९७३ जनालाई सेवा दिनुपर्ने पाइएको हो । केन्द्रीय बैंकले गरेको वर्गीकरणका आधारमा क, ख…

नेपाल बैंकको एफपिओ ,धितोपत्र बोर्डबाट स्वीकृत हुन बाँकी

bikashnirman | जेष्ठ १७, २०७५ - बिहिबार

काठमाडौँ  ।   नेपाल बैंकले एफपिओ निष्कासनकालागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता एफपिओ निष्कासनकालागि बोर्डमा निवेदन दिएको हो। बैंकको पछिल्लो समय बसेको संचालक समिति बैठकले प्रतिकित्ता एक सय रुपैयाँमा एक सय ८० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता दुई सय ८० रुपैयाँमा एफपिओ निष्कासन…

सिभिल बैंकले सुरु गर्यो ‘ट्याब बैंकिङ’

bikashnirman | बैशाख २०, २०७५ - बिहिबार

काठमाडौं। सिभिल बैंकले ‘ट्याब बैंकिङ’ सुरु गरेको छ। ‘घरमै बसि बसि बैंकिङ् खुशी खुशी’ भन्ने नाराका साथ बैंकले ट्याब बैंकिङ सेवा सुरु गरेको हो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गरेका छन्। सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ् सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुसार सेवा सुरु गरिएको बैंकले…

नेपाल बैंक बन्दै छ मालामाल , दुई अर्ब ५६ करोड ७७ लाख रुपैया खुद मुनाफा

bikashnirman | बैशाख १२, २०७५ - बुधबार

काठमाडौँ  । बैंक धराशायी बनेर बाहिरी व्यवस्थापन  समेत  भित्र्याउने अवस्था आएको त्यहि बैंक  नेपाल बैंक  अहिले भने     मालामाल  बन्दै गएको छ  । चालु आर्थिक बर्षको   प्रथम नौ महिनामा  बैंकले  दुई अर्ब ५६ करोड ७७ लाख रुपैया  खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब १२ करोड रहेको बैंकले…

नबिलको नयाँ योजना र शाखा विस्तार

bikashnirman | चैत्र २१, २०७४ - बुधबार

काठमाडौँ   ।नबिल बैंकले भिसा कार्डबाहक ग्राहकलाई लक्षित गरी ‘कार्ड’ बाट ‘कार क्यास–ब्याक लगातार’ नामक अभियान सुरु गरेको छ ।अभियानमा ग्राहकका लागि तत्काल नगद फिर्ता तथा बम्पर उपहार योजना समावेश गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।नगद फिर्ता योजनामा कुनै पनि नबिल बैंक भिसा कार्डबाहक (डेबिट/क्रेडिट/प्रिपेड) ग्राहकहरूले नेपालभित्रका पीओएस तथा ई–कमर्स साइटबाट एउटै कार्डमार्फत ३ पटक कारोबार गरे सय…

एनआईसी एसिया बैंकको कामु सीईओमा रोशनकुमार न्यौपाने

bikashnirman | चैत्र २, २०७४ - शुक्रबार

काठमाडौँ  ।  एनआईसी एसिया बैंक प्रमुख कार्यकारी अधिकृत ( सीइओ )   लक्ष्मण रिसालले  राजिनामा दिए  पछि कामु सीईओमा रोशनकुमार न्यौपानेलाई नियुक्त  भएका छन। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई नियुक्त गरेको हो ।  यस अघि न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए।  

एनसिसी बैंकका १३ कर्मचारी सिआइबीको नियन्त्रणमा

bikashnirman | चैत्र २, २०७४ - शुक्रबार

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । ब्यूरोले आज बैंकको केन्द्रीय कार्यालय कमलादीमा छापामारी बैंकमा कार्यरत कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले  जानकारी दिनुभयो । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र एनसिसी बैंक मर्ज…

ब्याज विवाद मिल्यो ,एनआईसी एसियाले पनि बैंकर्स संघले तोकेकै ब्याजदरभित्र रहेर काम गर्ने

bikashnirman | फाल्गुन २९, २०७४ - मङ्लबार

काठमाडौँ । नेपाल बैंकर्स संघ र एनआईसी एसियाबीच ब्याजदरको विषयमा जारी विवाद अन्त्य भएको छ ।सोमबार साँझ राष्ट्र बैंकको मध्यस्ततामा संघ र बैंकबीच भएको छलफलमा एनआईसी एसियाले निक्षेप र साधारण बचको ब्याजदर घटाउन सहमत भएपछि विवाद अन्त्य भएको हो।बैकर्स संघले गत साता साधारण बचतको ब्याजदर ८ प्रतिशत र करिब एक महिनाअघि मुद्धती निक्षेपको ब्याजदर ११ प्रतिशत भित्र…

एनआईसी एसिया बैंकko ‘धनवर्षा मुद्दती खाता’ योजना

bikashnirman | फाल्गुन २५, २०७४ - शुक्रबार

काठमाडौँ  । एनआईसी एसिया बैंकले ‘धनवर्षा मुद्दती खाता’ लाई रिलन्च गरेको छ । १ वर्ष अवधिको उक्त मुद्दती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रूपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।मुलुकभरका १८० शाखा सञ्जालहरूमध्ये जुनसुकै शाखाबाट उक्त मुद्दती खाता खोल्न सकिने र मुद्दती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जासमेत उपलब्ध गराउन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।  

एनआइसी एसिया बैंकका सीइओ रिसालले दिए राजिनामा

bikashnirman | फाल्गुन २४, २०७४ - बिहिबार

काठमाडौं। एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट राजीनामा दिएका छन्। २०७३ जेठ ३ गते बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका रिसालले दुई वर्ष पुरा नहुँदै बैंक छाड्न लागेका हुन्। एनआइसी एसियाका तत्कालीन सिइओ शशिन जोशीले बैंक छाडेपछि रिसाल सिइओ भएका थिए। रिसालले बैंक छाड्नुको कारण भने सार्वजनिक भएको छैन। बैंकिङ क्षेत्रमा २८…

बैंकहरुको यो कस्तो सहमति , समस्या हुदा ११ % नहुदा जति पनि ब्याज

bikashnirman | माघ २९, २०७४ - सोमवार

काठमाडौं।    तरलता अभाबमा बढी  ब्याज दिई डीपोजिट  बडाउन  प्रतिस्पर्दा नै  गरेका बैंकहरुले  अब भने   ११ प्रतिशतभन्दा बढि ब्याज नदिने  भएका छन  । यस्तो   सहमति   नेपाल बैंकर्स संघकाको रोहोबरमा  बैंकरले गरेका हुन्  । तर अप्ठेरो अवस्था पर्दा अलिकति माथिसम्म ब्याज दिएर पैसा लिन सकिने ब्यवस्था पनि बैंकरको छ।  नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको नेतृत्वमा…

एनएमबि बैंकको डिलाइट सेभिङ खाता

bikashnirman | माघ १९, २०७४ - शुक्रबार

काठमाडौँ ।एनएमबि बैंकले आफ्ना ग्राहकका लागि विशेष सुविधासहित एनएमबि डिलाइट सेभिङ खाता ल्याएको छ।यस खातावाहकले नेपालका कुनैपनि वित्तीय संस्थाको एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ। डिलाइट सेभिङमा निशुल्क मोबाईल, इन्टरनेट बैकिङ्ग तथा आकर्षक ब्याजदर रहेको बैंकले जनाएको छ । हाल बैंकले  ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएम…

bikashnirman | माघ १९, २०७४ - शुक्रबार

काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकका लागि विशेष सुविधासहित एनएमबि डिलाइट सेभिङ खाता ल्याएको छ। यस खातावाहकले नेपालका कुनैपनि वित्तीय संस्थाको एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ। डिलाइट सेभिङमा निशुल्क मोबाईल, इन्टरनेट बैकिङ्ग तथा आकर्षक ब्याजदर रहेको बैंकले जनाएको छ । हाल बैंकले  ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा…

एनएमबि बैंकको खुद नाफा एक अर्ब नाग्यो

bikashnirman | माघ १४, २०७४ - आइतवार

काठमाडौं।  दोस्रो त्रैमासमा एनएमबि बैंकले खुद नाफा ४३ प्रतिशतले बढाएर एक अर्व रुपैयाँ नघाउन  सफल  भएको  छ ।   गत वर्षको यहि अवधिमा बैंकको नाफा ७० करोड १० लाख रुपैयाँ थियो । बैंकले चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब ५० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत वर्षको यहि अवधिमा बैंकको खुद व्याज आम्दानी…

Top