नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ सुरु

bikashnirman | माघ २५, २०७५ - शुक्रबार


काठमाडौँ । नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ सुरु भएको छ। शुक्रबार देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको प्रर्दशनीको    उद्घाटन  सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले  गर्नु भयो ।

 

निर्माण सामग्रीहरुबारे एकैथलोमा विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको   आयोजकले    बताए   । ३ दिनसम्म चल्ने प्रर्दशनीमा ७० वटा स्वदेशी र ७० वटा  कम्पनीहरुले स्टल राखेका छन्।

प्रर्दशनीमा निर्माण सम्बन्धि नयाँ-नयाँ प्रविधिबारे  जानकारी लिने व्यवस्था पनि गरिएको छ। निःशुल्क प्रवेश गर्न पाउने प्रर्दशनीमा घर बनाईरहेकाहरुलाई आवश्यक ढोका, झ्याल, टवाईलेटका आवश्यक सामग्रीहरु विशेष छुटका साथ पाउने व्यवस्था पनि गरिएको  छ । प्रर्दशनीमा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

 

Comment from facebook

Top