एकीकृत सम्पति बीमामा आकर्षण

bikashnirman | माघ २५, २०७५ - शुक्रबार


काठमाडौँ  ।  बीमा समितिले कार्यान्वयनमा ल्याएको एकीकृत सम्पत्ति बीमा लेखप्रति बीमितहरुको आकर्षण बढ्दै गएको समितिले जनाएको छ । समितिले विगत १२ वर्षदेखि कार्यान्वयनमा रहेको अग्नि बीमा लेखलाई प्रतिस्थापन गरी यही माघ महिनादेखि एकीकृत सम्पत्ती बीमालेख कार्यान्वयनमा ल्याएको हो ।
एकीकृत सम्पत्ती बीमा लेखले भूकम्प, आगलागि, बाढीपहिरो, चट्याङलगायतका प्राकृतिक विपत्तीबाट हुने सबैखाले जोखिम बहन गर्ने व्यवस्था रहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले जानकारी दिनुभयो ।
नयाँ बीमालेख अनुसार १ करोड रुपियाँ सम्मको सम्पत्तीका लागि प्रतिहजार ४० पैषका दरले रु ४ हजार र १ करोड भन्दा माथिको सम्पत्तीमा प्रतिहजार १ रुपियाका दरले वार्षिक बीमा शुल्क लाग्ने छ ।
यो व्यवस्थाले बीमाको दायर थप फराकिलो हुने अपेक्षा गरिएको समितिले जनाएको छ ।
समितिका अनुसार पछिल्लो समय जीवन बीमा तर्फपनि बीमा गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । २०७३ असार मसान्तसम्म कुल जनसंख्याको ७ प्रतिशत जीवन बीमाको दायरमा समेटिएकोमा गत पुस महिनासम्म १६ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको समितिका अध्यक्ष चापागाँइले जानकारी दिनुभयो ।

Comment from facebook

Top