bikashnirman | माघ २४, २०७५ - बिहिबार
काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ ।
पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएको सो कम्पनीसँग गरिएको सम्झौता आज रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिनुभयो ।
सिएमसीले गत मङ्सिर २९ गते एकतर्फीरुपमा आयोजना स्थल छाडेर गएपछि आयोजनामा नयाँ चुनौती र अन्योलताको स्थिति सिर्जना गरेको थियो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त आयोजनाको ठेकेदारसँगको सम्झौता खारेज भएपछि आयोजनामा थप समस्यामा परेको छ ।
आयोजनाको निर्माण कार्य सम्पन्न नहुँदै मेलम्ची खानेपानी विकास समितिलाई कुनै पनि जानकारी नदिइ आयोजना स्थल छाडेर हिँडेको इटालियन कम्पनी सिएमसीलाई ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन समितिले यही माघ ६ गते पत्राचार गरेको थियो ।
समितिले ठेकेदार कम्पनीलाई काममा फर्काउन प्रयास गरे पनि तोकिएको अवधिभित्र आधिकारिक जवाफ नआएको आयोजनाको भनाइ छ । यस्तो अवस्थामा ठेक्का सम्झौता रद्द नगर्दा थप अन्योल उत्पन्न हुने र नेपाल सरकारले फिर्ता लिएको बैंक ग्यारेन्टी रकमसमेत गुम्न सक्ने जोखिम रहेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीको रु दुई अर्ब ६५ करोड बराबरको बैंक ग्यारेन्टी छ ।
bikashnirman | फाल्गुन ९, २०७५ - बिहिबार
काठमाडांै । काठमाडांैमा महिला उद्यमशिलता सम्मेलन हुन लागेको छ...
bikashnirman | माघ २७, २०७५ - आइतवार
काठमाडौँ । नेपाल उद्योग परिसंघले आज एक पत्रकार सम्मेलन...
bikashnirman | माघ २५, २०७५ - शुक्रबार
काठमाडौँ । नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ सुरु भएको छ। शुक्रबार...
bikashnirman | माघ २५, २०७५ - शुक्रबार
काठमाडौँ । ‘स्वच्छता मेरो पहिचान ः सफाइ मेरो योगदान’ भन्ने...
bikashnirman | माघ २५, २०७५ - शुक्रबार
काठमाडौँ । बीमा समितिले कार्यान्वयनमा ल्याएको एकीकृत सम्पत्ति बीमा...
© Copyright 2019 bikashnirman.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top