दश रुपैयाँको पालिमार नोटमा पूर्व गभर्नर तिलक रावल अख्तियारको फन्दामा

bikashnirman | पुस ५, २०७५ - बिहिबार


काठमाडौँ  ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दश रुपैयाँको पालिमार नोट छाप्दा भ्रष्टाचार गरेको अभियोगमा पूर्व गभर्नर तिलक रावलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छाप्दा रावलले ९१ लाख भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको हो। आयोगले राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख र प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध पनि ९१ लाख ९ हजार आठ सय ८९ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।अख्तियारले नोट छपाइका क्रममा भएका त्रुटी कमीकमजोरीलाई ढाकछोप गर्न केही पत्रकारलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया घुम्न पठाएको अभियोग पत्रमा उल्लेख गरेको छ।अनुसन्धानका क्रममा अष्ट्रेलियासँग पहिल्यै बोलपत्र मस्यौदा लिने, सञ्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने जस्ता गैरकानुनी काम गरेर आर्थिक लेनदेन गरेको खुलेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका हुन्।कम्पनीलाई बोलपत्र पूर्व नै नोटको डिजाइन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्यप्रति हजारप्रति ६८ अष्ट्रेलियाली डलरबाट ४ डलर बढाउन लगाई बोलपत्र र सम्झौता गरी राष्ट्र बैंकलाई अस्वाभाविक मूल्य तिराएर नोक्सानी पुर्‍याएको अभियोग अख्तियारले लगाएको छ।

Comment from facebook

Top