एडिबीको ठेक्का सम्वन्धी नयाँ प्रावधानमा नेपाली निर्माण व्यवसायीको बिरोध

bikashnirman | मंसिर १०, २०७५ - सोमवार


कठमाडौ । एसियाली विकास बैकले ठेक्का प्रकृयामा गरेको नयाँ प्रावधानका कारण ठेक्का प्रकृयामा समेत सहभागी हुनै नसक्ने भन्दै नेपाली निर्माण व्यवसायीहरुहरुले यस प्रति आपत्ति जनाएका छन । उक्त प्रावधानका कारण टेण्डर प्रर्कयामा कुनै पनि नेपाली निमार्ण व्यवशायी सहभागी हुन नसक्ने अवस्था रहेको उनीहरुले वताएका छन । यसवाट एकातिर नेपाली निमार्ण व्यवशायीले आफ्नो देशको विकास निर्माणमा सहभागी हुने अवसरवाट वन्चित हुने र अर्को तर्फ विदेशी निर्माण व्यवसायीहरुलाई मात्र लक्षित गरि वोलपत्र आह्वान गर्दा नेपालको ठूलो धन राशी समेत विदेशीने उनीहरुले दावी गरेका छन । बैकले तयार पारेको नयाँ प्रावधानमा निर्माण व्यवसायीको औषत न्यूनतम वार्षिक निर्माण कारोबार करिब ६ अर्ब ३७ करोड रुपैया अनिवार्य गरेको छ । यसको साथै अनुभवसम्वन्धी नयाँ प्रावधान पनि थपिएको छ । नयाँ प्रावधान अनुसार जोइन्टभेन्चर ९ व्ख्० मा काम गर्ने साझेदारले विगत पाँच वर्ष भित्र आफ्नो सेयर बराबरको २ अर्ब ४० करोड रुपैया बराबरको एउटा सडकको कार्य गरेको अनुभव हुनुपर्ने बाध्यात्मक प्रावधान राखिएको छ ।

सडक विभाग आयोजना निर्देशनालयले पछिल्लो समय राखेको मापदण्डका कारण नेपाली निर्माण व्यवसायी नेपालमै हुने ठेक्कापट्टामा समावेश हुन नसक्ने अवस्था आएको व्यावसायीको गुनासो छ ।
विदेशीलाई मात्रै नेपाली ठेक्का सुम्पिन सुनियोजित रुपमा प्रावधान बनाइएको भन्दै नेपाली ठेकेदार कम्पनीले आपत्ति जनाएका हुन् । आफ्नै देशमा निस्केको ठेक्कामा जोइन्ट भेन्चर्सका रूपमा समेत काम गर्न नसक्ने प्रावधान राखिएको प्रति उनीहरुको गुनासो छ ।
नयाँ प्रावधानका कारण पछिल्लो समय भएका ठेक्कापट्टामा नेपाली कम्पनीहरू ठेक्का प्रतिश्पर्धामै उत्रिन नसक्ने अवस्था छ । यसको पछिल्लो उदाहरण हो, एशियाली विकास बैंकको ऋण सहयोगमा साउथ एशिया सबरिजनल इकोनिमिक्स कोअपरेशन (एसएएसइसी) परियोजनाअन्तर्गत कन्चनपुर कमला सडक निर्माणको लागि गरिएको ठेक्का सूचना । उक्त निर्माणका लागि दुईवटा चरणहरू निर्धारण गरी पहिलो चरणमा हाल चालु रहेको २ लेनको सडकलाई ४ लेनको बनाउने र दोस्रो चरणमा चालु सडकको मर्मत गर्ने कार्यका लागि ठेक्का निकालिएको छ ।
उक्त टेण्डरको प्रयोजनार्थ सडक विभाग आयोजना निर्देशनालयले नेपाललगायत विभिन्न ६७ वटा मुलुकलाई टेण्डरमा योग्य भनिएको छ । तर, उक्त दस्तावेजको मूल्यांकन र योग्यता मापदण्ड शीर्षकमा न्युनतम औसत वार्षिक कारोवार रकम क्रमशः ५ अर्ब ५८ करोड र ६ अर्ब ३७ करोड निर्धारण गरी प्रत्येक पार्टनरलाई सो को २५ प्रतिशत र एउटा पार्टनरलाई सो को ४० प्रतिशत माग गरिएको छ ।
एसियाली विकास बैंक द्धारा नेपालमा पुवार्धार , शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा लगानी, अनुदान तथा सहयोग गर्दै आएको छ ।

Comment from facebook

Top