रक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले गरे द्रुतमार्गको निरीक्षण

bikashnirman | अशोज ३, २०७५ - बुधबार


काठमाडौँ  ।  राष्ट्रिय गौरवको आयोजना काठमाण्डौँ–तराई÷मधेश दु्रतमार्ग सडक आयोजनाको  रक्षामन्त्री  ईश्वर पोखरेल  र   भौतिक  पूर्वाधार   तथा  यातायात  मन्त्री  रघुबिर    महासेठले निरीक्षण भ्रमण गर्नुभएको छ ।

फोटो : नेपाली सेना

निरीक्षण भ्रमणको क्रममा उपप्रधान तथा रक्षामन्त्री  पोखरेलले काठमाण्डौँदेखि निजगढसम्मको दु्रतमार्ग र प्रस्तावित सुरुङ मार्गहरुको हवाई र बेशक्याम्प लेनडाँडा ईलाकाको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

फोटो : नेपाली सेना

सोहि क्रममा उहाँलाई सडक निर्माण कार्यदलका आयोजना प्रमुख प्राविधिक उपरथी  योगेन्द्र बहादुर खाँणले स्वागत मन्तब्य राख्नु भएको थियो । साथै उपप्रधान तथा रक्षामन्त्री  पोखरेलले उक्त आयोजनाको कार्य प्रगति विवरण प्रस्तुतिकरण मार्फत जानकारी हासिल गर्नु भएको थियो । भ्रमणमा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानसेनापति  पूर्णचन्द्र थापा, रक्षा सचिव  विष्णु प्रसाद लम्साल, भौतिक पूर्वाधार तथा यातायात सचिव  मधुसुदन अधिकारी, रथीबृन्द, रक्षामन्त्रालयका सह सचिव,  सम्बन्धीत क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

Comment from facebook

Top