नेपाल बैंकको एफपिओ ,धितोपत्र बोर्डबाट स्वीकृत हुन बाँकी

bikashnirman | जेष्ठ १७, २०७५ - बिहिबार


काठमाडौँ  ।   नेपाल बैंकले एफपिओ निष्कासनकालागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता एफपिओ निष्कासनकालागि बोर्डमा निवेदन दिएको हो। बैंकको पछिल्लो समय बसेको संचालक समिति बैठकले प्रतिकित्ता एक सय रुपैयाँमा एक सय ८० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता दुई सय ८० रुपैयाँमा एफपिओ निष्कासन गर्ने प्रस्ताव पास गरेको थियो। बैंक संचालक समितिले प्रस्ताव गरेको प्रिमियम मूल्य धितोपत्र बोर्डबाट स्वीकृत हुन भने बाँकी छ ।

 

Comment from facebook

Top