bikashnirman | जेष्ठ १५, २०७५ - मङ्लबार
काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्र फलामे डण्डी, काठ, सिमेन्टलगायतका आधारभूत निर्माण सामग्रीका कम्तीमा एक दर्जन वस्तुमा आत्मनिर्भर हुने उद्देश्यले त्यस्ता उत्पादनलाई आधारभूत संरक्षण दिने जनाएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा आर्थिक वर्ष २०७५÷७६ को आयव्ययको विवरण प्रस्तुत गर्दै जुट, गलैँचा, तयारी पोशाक, पश्मिना, रेशम र कपासमा आधारित उद्योग, जुत्ता र हस्तकलालगायतका निर्यातजन्य उद्योगको प्रवद्र्धन गरिने बताउनुभयो ।
फलाम खानीको वैज्ञानिक परीक्षण गरी फलाम उत्खनन् एवं प्रशोधन कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरेको छ, उहाँले भन्नुभयो, “निजी क्षेत्रको सहभागितामा सम्भाव्य देखिएका खनिज र बहुमूल्य धातुको अन्वेषण, उत्खनन् र प्रशोधन गरिनेछ ।”
प्रदेशको समन्वय तथा सार्वजनिक र निजी क्षेत्रको सहभागितामा प्रत्येक प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र, एक आर्थिक क्षेत्र र एक विशेष आर्थिक क्षेत्र स्थापनाको सम्भाव्यता र पूर्वाधार निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
बन्द र रुग्ण उद्योगलाई सम्भाव्यताका आधारमा सहकारी र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । आगामी तीन वर्षभित्र स्थानीय तहमा निजी क्षेत्रसमेतको सहभागितामा उद्योगग्राम स्थापना गरिने प्रस्तुत बजेटमा उल्लेख छ ।
आगामी आवमा प्रत्येक प्रदेशमा न्यूनतम २० उद्योगग्रामको पूर्वाधार विकासका लागि रू २८ करोड बजेट विनियोजन गरिएको छ । उद्यमशीलता र शीप विकास तथा तालीमका माध्यमबाट महिला उद्यमशीलता विकास गरी उनीहरूबाट सञ्चालन हुने परियोजनामा आधारित रू १५ लाखसम्मको सामूहिक ऋणमा छ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ ।
नेपालले मूल्य अभिवृद्धि गरी निकासी गर्नसक्ने उत्पादनमूलक उद्योगमा विदेशी लगानी भित्र्याउन प्रोत्साहित गर्ने र उद्योग दर्ता गर्ने प्रक्रिया सरल गर्ने सरकारले जनाएको छ ।
कबोल गरेको अवधिभित्र उत्पादन शुरू गर्ने उत्पादनमूलक उद्योगलाई कर सहुलियत दिइने, उद्योगका लागि आवश्यक सडक र विद्युत् पूर्वाधार निर्माणमा बजेट व्यवस्था गरिएको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिनुभयो ।
bikashnirman | असार ४, २०७५ - सोमवार
भैरहवा । अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै स्थानीयवासी...
bikashnirman | जेष्ठ १६, २०७५ - बुधबार
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सम्पन्न भएको...
bikashnirman | जेष्ठ ७, २०७५ - सोमवार
काठमाडौँ । सरकारले महत्वपूर्ण राष्ट्रिय राजमार्गलाई द्रुतमार्गका रुपमा स्थापित...
bikashnirman | बैशाख १२, २०७५ - बुधबार
नुवाकोट । २०७२ बैशाख १२ गते गएको महाभूकम्पपछि सुरु...
bikashnirman | फाल्गुन २६, २०७४ - शनिबार
काठमाडौँ । त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको भौतिक प्रगति...
© Copyright 2019 bikashnirman.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top