सिप्रदीले ल्यायो गाडीको अक्सन मेला

bikashnirman | जेष्ठ ९, २०७५ - बुधबार


काठमाडौं। नेपालकालागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडीको अक्सन मेला आयोजना गर्ने भएको छ। कम्पनीले जेठ ११ र १२ गते काठमाडौंको थापाथलीमा अक्सन मेला गर्न लागेको बिज्ञप्तीमार्फत जनाएको छ।नेपालमा पहिलो पटक हुन लागेको अक्सन मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी गाडीहरु समावेश हुने कम्पनीले जानकारी दिएको छ।
सेकेण्ड ह्याण्ड गाडीहरुको बिक्री वितरण तथा सट्टापट्टा गर्दै आएको सिप्रदी अस्योर्डले गर्ने मेलामा ग्राहकले मन परेका गाडीहरुको अधिकतम बोली लगाइ किन्न सक्ने बताइएको छ।
अक्सन मेलामा वारेण्टी सहित गाडीहरुको नामसारी पनि गरिने प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

Comment from facebook

Top