ट्विटर: ३३ करोड प्रयोगकर्तालाई पासवर्ड फेर्न आग्रह

bikashnirman | बैशाख २१, २०७५ - शुक्रबार


    केही प्राविधिक त्रुटि देखिएको भन्दै सामाजिक सञ्जाल ट्विटरले ३३ करोड प्रयोगकर्तालाई आफ्ना खाताको पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ। आफ्नो आन्तरिक सञ्जालमा केही प्रयोगकर्ताका पासवर्ड खुल्ला रूपमा देखिएको भन्दै ट्विटरले उक्त आग्रह गरेको हो।पासवर्डहरू चोरिएका वा तिनको दुरुपयोग भएको सङ्केत आन्तरिक अनुसन्धानमा नपाइएको ट्विटरले जनाएको छ।तर ‘पर्याप्त सावधानी’ का लागि प्रयोगकर्ताहरूलाई पुरानो पासवर्ड फेर्न ट्विटरले आग्रह गरेको छ।

सङ्ख्या उल्लेख्य

उसले कति पासवर्ड प्रभावित भए त्यो भने स्पष्ट पारेको छैन।तर प्रभावित भएका खाताको सङ्ख्या ‘उल्लेख्य’ भएको र केही महिनादेखि पासवर्डहरू खुल्ला रहेको बुझिएको छ।ट्विटर स्रोतले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार प्राविधिक भाषामा ‘बग्’ भनिने त्यो त्रुटि केही हप्ताअघि पत्ता लागेको थियो। त्यसबारे नियामक निकायलाई पनि सूचित गरिएको बताइन्छ।ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले सो समस्याको निराकरण भइसकेको भन्दै ट्वीट गरेका छन्। ( बिबिसी )

Comment from facebook

Top