सिभिल बैंकले सुरु गर्यो ‘ट्याब बैंकिङ’

bikashnirman | बैशाख २०, २०७५ - बिहिबार


काठमाडौं। सिभिल बैंकले ‘ट्याब बैंकिङ’ सुरु गरेको छ। ‘घरमै बसि बसि बैंकिङ् खुशी खुशी’ भन्ने नाराका साथ बैंकले ट्याब बैंकिङ सेवा सुरु गरेको हो।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गरेका छन्। सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ् सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुसार सेवा सुरु गरिएको बैंकले जनाएको छ। सिभिल ट्याब बैंकिङ सेवा लिन चाहने ग्राहकले आफ्नो घर, अफिस वा आफूले चाहेकै स्थानमा झन्झट रहित तरिकाले खाता खोल्न, चेक डिपोजिट गर्न तथा अन्य बैंकिङ् सुविधाहरु लिन सक्ने विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सहजै खाता खोल्न र आफूले चाहेकै ठाउँबाट बैंकिङ सेवा सुविधाहरु लिन चाहने धेरैभन्दा धेरै ग्राहकहरु यस सेवाबाट लाभान्वित हुने बताए।

Comment from facebook

Top