संयुक्त आवासका क्षेत्रमा देखिएका समस्या समाधान भएन , पिडितका उजुरी बढे

bikashnirman | बैशाख १९, २०७५ - बुधबार


काठमाडौँ   ।   केही समय अघि  मात्र  काठमाडौँको  ढुंगे अड्डामा रहेको सिभिल होम्समा रहेको स्वमिंग पुल , पार्किङ स्थल आदिको स्वामित्वको बिबाद अदालत सम्मै पुग्यो  र  अदालतले   फैसला  गर्यो    त्यहाँ  बसोबास  गर्ने    व्यक्तिहरु   अर्थात  कम्युनिटीको  त्यसमा हक  लाग्छ भनी  ।   हाउजिंग निर्माणकर्ता   सिभिल ग्रुपले  कम्युनिटीले  उक्त  सेवाहरु बापत थप  रकम   तिर्नु   पर्ने   अडान  लिएपछि   यसको    बिरुद्ध   मुद्दा   अदालत   सम्म  पुगेको   थियो।      यो  त     इन्डीभिजुअल    घरहरु रहेको     कोलोनी   भित्रको   समस्या   भयो  । यो भन्दा जटिल  समस्या  सामुहिक आवास    (अपार्टमेन्ट) मा   धेरै किसिमका समस्या एवं विवाद   उत्पन्न        भएको   छ ।

अपार्टमेन्टमा आएको यस्तै  खालका   समस्या समाधान गर्न   गठन गरिएको  आयोगमा  नेतृत्वले   राजिनामा दिए पछी    समस्या    जस्ताको    त्यस्तै     छ । समस्या   समाधानका  लागि  पूर्वसचिव सुरेशप्रकाश आचार्यलाई नियुक्त गरिएको थियो । अस्वस्थताका कारण अध्यक्ष आचार्यले तीन महिनाअघि राजीनामा दिएपछि आयोगले काम गर्न सकेको छैन ।
मन्त्रिपरिषद्ले आयोग अध्यक्ष नियुक्त गरी सदस्य सरोकार भएका निकायबाट पदेन राख्ने निर्णय गरेको थियो जसअनुसार आयोगमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त, अर्थ, कानून, न्याय तथा संसदीय मामिला, गृह, भूमिसुधार, शहरी विकास मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक, नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्य र शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक सदस्य सचिव रहने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
अध्यक्षले गर्ने भनी तोकेका काम अरुले गर्नसक्ने व्यवस्था नभएकाले आयोगको काम अघि बढ्न नसकेको सदस्य सचिव सरिता मास्के  ले बताउनुभयो । संयुक्त आवासका क्षेत्रमा जटिल प्रकृतिका समस्या आयोगमा दर्ता भएकाले समाधानका लागि छिटो अध्यक्षको नियुक्ति गरिनुपर्ने उहाँको माग छ । संयुक्त आवासका नाममा पीडित भएकाहरु दैनिक उजुरी बोकेर आयोगको कार्यालय बबरमहल धाउने गरेका छन् । 
आयोगको अवधि दुई वर्ष तोकिए पनि अध्यक्ष नहुँदा काम हुन सकेको छैन । संयुक्त आवासमा फ्ल्याट ‘बुकिङ’ गर्नेले नियम कानूनअनुसार नगर्दा समस्या आएको आयोगले जनाएको छ ।

Comment from facebook

Top