नेपाल बैंक बन्दै छ मालामाल , दुई अर्ब ५६ करोड ७७ लाख रुपैया खुद मुनाफा

bikashnirman | बैशाख १२, २०७५ - बुधबार


काठमाडौँ  । बैंक धराशायी बनेर बाहिरी व्यवस्थापन  समेत  भित्र्याउने अवस्था आएको त्यहि बैंक  नेपाल बैंक  अहिले भने     मालामाल  बन्दै गएको छ  । चालु आर्थिक बर्षको   प्रथम नौ महिनामा  बैंकले  दुई अर्ब ५६ करोड ७७ लाख रुपैया  खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब १२ करोड रहेको बैंकले जनाएको छ ।
बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २.०६ प्रतिशतले बढी छ । यस अवधिमा बैंकको निक्षेप रु ९० अर्ब ८१ करोड र कर्जा रु ७९ अर्ब ७१ करोड पुगेको छ । बैंकको कूल भाखा नाघेको कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ ।
बैंकले तीन महिनाभित्र मुलुकभरका विभिन्न २७ स्थानमा शाखा स्थापना गर्दैछ । आठ दशक यता अविच्छिन्नरुपमा देशको वित्तिय सेवामा संलग्न यस बैंकले हाल मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिइ १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटमार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बंैकिग सेवा पु¥याइरहेको छ ।

Comment from facebook

Top