केशका हेभीइक्युपमेन्ट मजबुत सँगै किफायती पनि

bikashnirman | बैशाख ४, २०७५ - मङ्लबार


काठमाडौँ  ।  जगदम्बा स्टील्स ,सिमेन्ट आदि उत्पादन गरि नेपालको निर्माण क्षेत्रमा अग्रणी शंकर ग्रूपले फोर्स कनस्टक्सन एण्ड एसोसियटस प्रा लि मार्फत केश ब्राण्डका हेभी इक्युपमेन्टहरु बिक्रि गर्दे आएको छ ।

नेपाली बजारमा लामो समय देखि प्रयोगमा रहेको केश ब्राण्डका हेभी इक्युपमेन्टको बिक्रि पछिल्लो समय बढदै गएको छ । केश ब्राण्डका हेभी इक्यूपमेन्टहरु फोर्सले नेपाली वजारमा बिक्रि गरिरहेको छ । सन १८४२ मा स्थापना भएको अमेरिकी ब्रान्ड केशले विश्व बजारमा राम्रो स्थान लिएको छ ।हाल विश्वभरीका लागि १४ वटा प्लान्ट मार्फत उत्पादन हुने केश बान्डका हेभी इक्युपमेन्टहरु विभिन्न क्षेत्रमा प्रयोग हुदै आएका छन । १९ को दशकमा केश व्राण्डका ब्याकोलोडरले सर्वाधिक लोकप्रियता लिन सफल भएको हो ।

केश ब्राण्डका उपकरणहरु आफैमा विश्व प्रसिद्द , कम इन्धन खपत गरि वढी उत्पादन दिने र न्युनतम सर्भिस खर्च लाग्ने फोर्स कन्स्टक्सनका विजनेश हेड सञ्जीव देउजा बताँउछन ।
हाल कम्पनीले धनगढी , नेपालगञ्ज , दाङ , पोखरा ,वुटवल , काठमाडौ ,चितवन , हेटौडा , विरगञ्ज , जनकपुर , इटहरी , विर्तामोड ,लगायत १२ वटा ब्रान्चहरु वाट बिक्रि र बिक्रि पछिको सेवा प्रदान गर्दे आएको छ । हामीले बिक्रि पछिको सेवालाई प्राथामिकता दिएका छौ , यसवाट मेसिनको बिक्रि पनि बढेको छ देउजा भन्छन । कम्पनीले केश ब्राण्डका हेभी इक्युपमेन्टको बिक्रि आक्रामक ढंगले अघि बढाउदै लगेको छ । हाल ब्याकोलोडर , स्काभेटर , रोलर ,ग्रेडर आदि केशका मेसिनहरु फोर्सले बिक्रि गर्दे आएको छ ।
आगामी केही समय भित्रै २५ वटा सर्भिस सेन्टरहरु खोल्ने योजना कम्पनीले लिएको छ । त्यसपछि अहिलेको भन्दा पनि सहज र गुणस्तरीय सेवा ग्राहकले पाउने कम्पनीले विश्वास लिएको छ । हाल केशका हेभी इक्युपमेन्टको खरिदमा कम्नीले अझ सहजता प्रदान गरेको छ । जस अनुसार केशका मेसिनहरु २० प्रतिशत डाउन पेमेन्टमै उपल्ब्ध हुने छन । इन्धनको वचत वाटै मासिक किस्ता तिर्न सक्ने गरी कम्पनीले सजिलो मासिक किस्ताको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

बिक्रि पछिको सेवामा जोड दिएका छौं


सञ्जीव देउजा , बिजनेश हेड , फोर्स कन्सटक्सन एण्ड एसोसियटस प्रा लि

नेपालको हेभी इक्युपमेन्ट क्षेत्रमा लामो समय विताएका देउजा हाल फोर्स कन्सटक्सनमा विजनेश हेडको रुपमा रहेका छन । देउजा सँग फोर्स कनस्टक्सननले बिक्रि गर्ने केश ब्राण्डको बजार अवस्था लगायतका विषयमा गरिएको कुराकानी :
फोर्स कन्सटक्सनले बिक्रि गर्ने केश ब्राण्डको वजार अवस्था कस्तो छ ?
विश्वभरी संजाल रहेको यस ब्राण्डको बिक्रि औधोगिक त्यसमा पनि निर्माण सामाग्री उत्पादनमा बढि केन्द्रित भएको शंकर ग्रूप अन्र्तगतको कम्पनी मार्फत हुदै आएको छ । विगतमा बिक्रिमा त्यति ध्ययान नदिदाँ पनि राम्र बिक्रि हुन सफल यस व्राण्ड अव आगामी एक वर्षमा आक्रामक तरिकाले नेपालको कनस्टब्क्सन बजारमा राम्रै हिस्सा लिने गरि अघि बढेका छौ । हाल एक हजार भन्दा बढि केश ब्राण्डका हेभी इक्युपमेन्टहरु प्रयोग भैरहेका छन ।
केश ब्राण्डका हेभी इक्युपमेन्ट नै किन ?
नेपालमा हेभी इक्युपमेन्टहरुको डिमाण्ड बढदै छ , निर्माणको कार्यले गलि लिने अपेक्षा सहित विभिन्न किसिमका हेभी इक्युपमेन्टहरु पनि आएका छन । तर जुन आँउछ त्यहि हेभी इक्युपमेन्टहरु खरिद गर्दा पछि अफठयारो पनि पर्न सक्छ । त्यसैले बिक्रि पछिको सेवा , ब्राण्डको बिश्वसनीयता ,आदिलाई हेरेर मात्र मेसिन खरिद गर्दा राम्रो हुन्छ । केश ब्राण्डका लागि हाम्रा आउटलेटहरु थप्दै बिक्रि पछिको सेवालाई प्रभावकारी वनाउदै छौं । मेसिन खरिदमा पनि सहज होस भन्ने उद्देश्यले हामीले २० प्रतिशत डाउन पेमेन्टमै मेसिन उपलब्ध गराएका छौं । केश ब्राण्डका हेभी इक्युपमेन्टहरुको इन्जिन पनि मजबुत साथै इन्धन किफायती पनि छ । अन्य ब्राण्डका इक्युपमेन्ट भन्दा प्रति घण्टा दुई लिटर इन्धन कम खपत हुन्छ । त्यसका साथै हामीले मेसिनमा दुई वर्षको वारेन्टी पनि प्रदान गरेका छौं । यो सुबिधा नेपालमा अन्य मेसिनमा उपलब्ध छैन ।

Comment from facebook

Top