नबिलको नयाँ योजना र शाखा विस्तार

bikashnirman | चैत्र २१, २०७४ - बुधबार


काठमाडौँ   ।नबिल बैंकले भिसा कार्डबाहक ग्राहकलाई लक्षित गरी ‘कार्ड’ बाट ‘कार क्यास–ब्याक लगातार’ नामक अभियान सुरु गरेको छ ।अभियानमा ग्राहकका लागि तत्काल नगद फिर्ता तथा बम्पर उपहार योजना समावेश गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।नगद फिर्ता योजनामा कुनै पनि नबिल बैंक भिसा कार्डबाहक (डेबिट/क्रेडिट/प्रिपेड) ग्राहकहरूले नेपालभित्रका पीओएस तथा ई–कमर्स साइटबाट एउटै कार्डमार्फत ३ पटक कारोबार गरे सय रुपैयाँ नगदै फिर्ता पाउने जनाएको छ।त्यस्तै बम्पर योजनामा सबैभन्दा धेरैपटक कारोबार गर्ने एकजनालाई उपहारस्वरूप हुन्डाई ग्रान्ड आई १० (मेगना) कार प्रदान गरिने बैंकले जनाएको छ। यसैबीच बैंकले सुर्खेतको वीरेन्द्रनगर, कैलालीको टीकापुर र दाङको लमहीमा शाखा विस्तार गरेको छ।

Comment from facebook

Top