बीरगंजमा अपार्टमेन्ट,१ करोड देखि २ करोड सम्मका अत्याधुनिक फ्ल्याट बिक्रीमा

bikashnirman | चैत्र १६, २०७४ - शुक्रबार


बीरगंज। बीरगंज महानगरपालिका वडा नम्बर ३ मा अत्याधुनिक सुविधा सम्पन्न शालिमार होमस प्रा.लि.द्वारा निर्माण सम्पन्न गरिएको अपार्टमेन्टको आजबाट व्यवसायिक कारोवार शुरु भएको छ । शालिमार होमस द्वारा निर्माण गरिएको अपार्टमेन्टको आज एक समारोहका विच मुख्यमन्त्री लालबाबु राउतले शुभारम्भ गर्नु भयो । अपार्टमेन्टमा ३ दिनको लागि विशेष छुटको व्यवस्था समेत गरिएको छ ।


नौ तल्लाका दुई वटा टावर निर्माण गरी ४५ वटा फ्ल्याटको  बिक्री वितरण शुरु भएको र १ करोड देखि २ करोड सम्मका अत्याधुनिक फ्ल्याट बिक्री वितरण भएको र आज शुभारम्भमै २० वटा विक्री भएको शालिमार होमसका संचालक अशोक वैद्यले जानकारी दिनुभयो ।


शालिमार होमस भित्र पार्टी प्यालेस, क्लव हाउस, जिम्स, स्वीमिङ्गपुल, मन्दिर, मर्निङ्ग वाक स्टेप र गार्डेन, सुरक्षाका लागि सिसिटिभी क्यामरा जडान, चौविसै घण्टा विद्युत आपूर्तिको व्यवस्था, समुचित पार्किङ्गको व्यवस्था रहेको बैद्यले बताउनु भयो ।

Comment from facebook

Top