प्रदेश नं ३ को राजधानी हेटौडा बाट अन्यत्र सारिने प्रदेश मन्त्रीको खुलासा ,जग्गा व्यवसायीका कारण स्थान सार्वजनिक गर्न नमिल्ने

bikashnirman | फाल्गुन १३, २०७४ - आइतवार


चितवन ।  प्रदेश नं ३ को राजधानी हेटौडा नभई अन्यत्र राखिने  सोही प्रदेशका  भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले  खुलासा गरेका छन् ।प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको  समेत उनले दाबी  गरेका  छन् । आईतबार चितवनमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री स्थापितले  सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको  बताएका हुन् । तर  उनले  त्यो ठाउँको बारेमा सार्वजनिक गर्न भने नहुने बताए ।

जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै  आउँदो चार महिनाभित्र राजधानी सर्ने खुलासा गरे  ।राजधानी सार्ने तयारी गरिएको ठाउँमा सात लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र तीन लाख रोपनी वन रहेको साथै  ५० हजार रोपनी खोलाले खाएको जग्गा पनि रहेकाले त्यहाँ  १४ करोड लिटर पानी भण्डारण गर्न मिल्छ जसबाट १० लाख जनतालाई खानेपानी पुग्छ – उनले भने  ।
पूर्वाधार मन्त्री म आफँै भएकाले मैले तयारी गरिरहेको छु । आन्तरिक काम भइरहेको छ ।” मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि उनले बताए ।

Comment from facebook

Top