अफ्ठ्यारो अवस्थामा पनि नेपालले गरेको प्रगतिको स्वीडेनका सांसदहरुद्दारा प्रसंशा

bikashnirman | फाल्गुन ११, २०७४ - शुक्रबार


काठमाडौँ  । नेपालको चार दिने भ्रमणमा आएको स्वीडेनको संसदिय प्रतिनिधी मण्डलले नेपालमा भुकम्प पछिको जिवनस्तरमा अफठयारो परिस्थिीतिमा समेत सुधार आएको भन्दै यसको प्रशंसा गरेको छ । प्रतिनिधी मण्डलले लैगिकं समानता र समावेशितामा पनि नेपाले ठुलो प्रगति गरेको भन्दै नयाँ सबिधानको कार्यन्वयन संगै नेपाल अव विकासको वाटोमा अघि बढने निष्कर्श समेत निकालेको छ ।

नेपालमा युवा र महिलाहरुमा लगानी बढाउन आवश्यक रहेको आफूले स्थानीय व्यक्तिहरु सँगको भेटमा पाएको र आगामी दिन नेपालका लागि आशावादी रहेको देखिन्छ ग्रिन लिबरल पार्टीका मारिय लूईस रोनमार्कले भने । नेपालको विकासमा राष्टसघीय विकास कार्यक्रम युएनडिपी द्दारा सञ्चालित परियोजनाहरुको प्रवाभकारीता हेर्र्ने उद्देश्य सहित आएको उक्त संसदिय टोलीले कास्की र गोरखा जिल्लामा यूएनडिपी र स्थानीय निकायको सहकार्यमा भएका परियोजनाहरुको स्थलगत अवलोकन गरेको थियो ।

प्रतिनिधी मण्डलले गोरखा जिल्लामा भएको भुकम्प पछिको पुर्ननिर्माण कार्यको अवलोकन समेत गरेको थियो । विभिन्न राजनितीक दलका तर्फ वाट स्वीडेनको संसदमा प्रतिनिधीत्व गर्ने ६ जना सांसद रहेको उक्त प्रतिनिधी मण्डलले प्रदेश संसदका सदस्यहरु सँग भेट गरि स्वीडेनको संसदीय लोकतान्त्रिक अभ्यासको अनुभव सुनाएको थियो । प्रतिनीधीमण्डलले नेपालका विभिन्न विकास साझेदारहरु , राष्टिय मानव अधिकार आयोगका पदाधीकारी , सहित उच्च सरकारी अधिकारीहरु सँग समेत भेटघाट गरेको थियो ।

Comment from facebook

Top