एक अर्ब बढीको जग्गा दान

bikashnirman | फाल्गुन ४, २०७४ - शुक्रबार


काठमाडौं ।  काठमाडौं कान्तिपथस्थित श्रीजंग शाहले आफू बस्दै आएको सोही स्थानको ३ रोपनी भन्दा बढी जमिन (घरसमेत) नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पताललाई दान दिनुभएको छ ।

श्रीजंग फत्तेबाल आँखा अस्पतालका संस्थापक फत्तेजंग शाहका छोरा हुनुहुन्छ । आफ्नो बाबुले दान दिइ स्थापना गरेको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पताल, फुल्टेक्राको श्रीवृद्धि र आँखाका बिरामीको थप सुविधाका लागि आफूले जग्गादान गरेको दाता श्रीजंग शाह बताउनुहुन्छ । ९३ वर्षीय दाता शाह विगतमा नेपाल राष्ट्र बैंकका अतिरिक्त गर्भनर, त्रिभुवन विश्वविद्यालयका सदस्य तथा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी रही सक्नु भएको छ । 
सरकारी मूल्याँकनमा २२ करोड भन्दा बढीको उक्त घरजमिन चलनचल्तीको मूल्यमा १ अर्ब हाराहारीको रहेको बताइन्छ ।

Comment from facebook

Top