केस ब्रान्डका हेभी इक्वीपमेन्ट तथा पार्टपुर्जा अब जनकपुरबाट पनि

bikashnirman | माघ १७, २०७४ - बुधबार


जनकपुर ।   शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले जनकपुरमा केस कन्स्ट्रक्सनको शोरुम संचालनमा ल्याएको छ।  शोरुमबाट विभिन्न कन्स्ट्रक्सन इक्वीपमेन्ट तथा पार्टपूर्जाको बिक्री वितरण र सेवा प्रदान हुने कम्पनीले जनाएको छ। 

धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाह, इटा उद्योग संघका अध्यक्ष बिनयकुमार यादव र जगदम्बा मोटर्स हेवीइक्युपमेन्ट डिभीजनका प्रमुख संजिव देउजाले संयूक्त रुपमा शोरुमको उदघाटन गरे। यो सहित देशभर १३ स्थानहरुबाट  सेवा प्रदान हुन थालेको जगदम्बा   मोटर्सले जनाएको छ।

 

Comment from facebook

Top