सुरक्षित घर अभियान सुरु हुदै

bikashnirman | पुस २८, २०७४ - शुक्रबार


काठमाडौँ ।  २० औँ भूकम्प सुरक्षा दिवस सुरक्षित घर अभियानका साथ मनाइने भएको छ ।  विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदाको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजनमा विसं २०५५ देखि यो दिवस मनाउने गरिएको हो । दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो ।
गोरखाको बारपाक केन्द्रबिन्दु भएर आएको यो भूकम्पले १४ जिल्लामा धेरै क्षति भएको थियो । १७ जिल्ला प्रभावित भएका थिए । आठ लाख बढी घर पूर्णरुपमा क्षति भएको थियो । करिब नौ हजार मानिसले जीवन गुमाएका थिए । भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्वतयारी तथा सुरक्षित भवन निर्माणलगायतका विषयमा चेतना जगाउनसके जनधनको क्षति कम गर्न सकिने विश्वासका साथ दिवसको शुरुआत गरिएको आज शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Comment from facebook

Top