एनएमबि बैकको ३५ वर्षे घर कर्जा योजना

bikashnirman | पुस ७, २०७४ - शुक्रबार


काठमाडौँ  । एनएमबि बैकले ३५ वर्षे घर कर्जा योजना ल्याएको छ । घर वनाउने सपना र क्षमता हुदाँ हुदै पनि एकै पटक रकम खर्च गर्न नपर्ने भएकाले केही रकम भएकाहरु तर नियमितरुपमा किस्ता तिर्न सक्नेहरुका लागि बैकले यस्तो योजना ल्याएको जनाएको छ ।

न्युनतम मासिक किस्ता , अतुलनिय ब्याजदर , आर्थिक भार कम गर्न लामो अवधिको कर्जा योजनाले घर किन्न र बनाउन चाहानेहरुका लागि लाभदायी हुने बैकले जनाएको छ । बैकले ९८०१७१७६६६ नम्बरमा मिसकल गरेर पनि यस सम्बन्धि थप जानकारी लिन सकिने जनाएको छ ।

Comment from facebook

Top