नेपालले लगानीको उपयुक्त वातावरण बनाउनुपर्छ: झा

bikashnirman | कार्तिक ७, २०७४ - मङ्लबार



प्रा.डा. राजीव झा,
संयोजक, अन्तर्राष्ट्रिय विभाग
चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजिवीहरूको संस्था (थिंक ट्यांक)

नेपालमा चिनियाँ लगानी बढ्दै गएको छ । हालैमात्र ३६ अर्ब ७५ करोड रुपैयाँको चिनियाँ लगानी सिमेन्ट उद्योगमा आएको छ । निजी कम्पनीसँगै चीन सरकार स्वयम्ले पनि नेपालमा लगानीका लागि अग्रसरता देखाउँदै आएको छ । चिनियाँ उच्चपदस्त पदाधिकारीको समयसमयमा हुने नेपाल भ्रमणमा स–साना भन्दा पनि ठूला परियोजनाहरुमा लगानीको इच्छा देखिएको छ । नेपालमा चिनियाँ लगानीका सम्बन्धमा सियान मेडिकल युनिभर्सिटीको क्लिनिकल डिपार्टमेन्टका प्रोफेसर एवम् चीन सरकारसँग नजिक रहेर कार्य गर्दै गरेका डा. राजीव झासँग  प्रधान  सम्पादक  प्रविण पोखरेलले गर्नु  भएको  कुराकानी ः

पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु नेपालमा लगानी गर्न आकर्षित भएका हुन् ?
अवश्य पनि नेपालमा चिनियाँ लगानीकर्ताहरु नेपालमा आकर्षित भएकै छन् । नेपालले पनि चीनले ठूलो लगानी गरोस् भन्ने चाहेको देखिन्छ । गरेको  मुलुक भएको र आर्थिक रुपमा एकीकृत हुन नसकेको कारण पनि थुप्रै लगानी यहाँ आवश्यक पर्ने देखिन्छ । नेपालले चीनसँग गरेका खुला व्यापार सम्झौताहरुको कार्यान्वयन हुन सकेको छैन जसले गर्दा कलेक्टिभिटीसँगै सांस्कृतिक भिन्नताहरु अझ बढ्दै गएको छ ।
चिनियाँहरु नेपालमा लगानी गर्न
चाहे पनि विभिन्न कारणले द्विविधाहरु उत्पन्न गराइदिएको छ । उनीहरु निर्णय गर्न द्विविधामै रहेका छन् । नेपालमा ठूला लगानी सुरक्षित हुनेमा निर्धक्क वातावरणको पर्खाइमा उनीहरु रहेका छन् । नेपालका तर्पmबाट लगानीका लागि त्यस्ता विश्वस्त आधारहरु पु¥याउन सकिएको छैन । हालसम्म नेपालमा १२ सयभन्दा बढी चाइनिज लगानीका उद्योगहरु दर्ता भएका छन् । तर, अस्थिर सरकार, अस्थिर नीतिलगायतका कारण चिनियाँ लगानीकर्ताहरु पटकपटक पुनर्विचार गर्न बाध्य छन् । अवश्य पनि कुनै पनि लगानीकर्ताले
सबैभन्दा पहिले नाफा र जोखिमको लेखाजोखापछि मात्र लगानी गर्छ । अधिकांश चिनियाँ लगानीकर्ताहरुले नेपालमा लगानीको जोखिम बढी नै ठानिरहेका छन् । चिनियाँ लगानीकर्ताहरु नेपालमा लगानी गर्न धेरै झन्झटिलो र यो काम हुन्छ र भन्ने किसिमको वातावरण रहेको बताउने गरेका छन् । त्यसैले हाल विशेष गरी ससाना रेस्टुरेन्ट र पसल चलाइरहेका चिनियाँहरुलाई छोडेर थप लगानी नेपालले भित्र्याउने हो भने उपयुक्त वातावरण त नेपालले बनाउनैपर्छ ।

चिनियाँ लगानीकर्ताहरु नेपालमा लगानी गर्न आकर्षित हुनुका कारण केके हुन् ?
सबैभन्दा पहिले त चीन व्यापारिक हिसाबले विश्वभरि नै पैmलिएको छ । त्यसैले छिमेकी मुलुक नेपालमा लगानीका लागि आकर्षत हुनु स्वाभाविकै हो । भाषा र सांस्कृतिक दृष्टिकोणले लगानी गर्न अरु कठिनाइ भए पनि व्यापारिक सम्भावनाको दृष्टिले नेपाल सम्भावना बोकेको ठाउँ हो । विकासमा बामे सर्दै गरेको नेपालमा विकासका अनेकन् सम्भावनाहरु पनि छन् । त्यही सम्भावनालाई चिनियाँहरुले पनि छोप्न खोज्नुलाई स्वाभाविक मान्नुपर्छ ।
लगानी सम्मेलनमा चीनले घोषणा गरेका रकम अभैm आउन सकेको छैन नि ?
मलाई त्यस्तो लाग्दैन । लगानी सम्मेलनमा चीनले सबैभन्दा धेरै रकम दिने घोषणा गरेको थियो । चिनियाँ प्रतिनिधिमण्डलले १३.५२ विलियन अमेरिकी डलरको सहयोग घोषणा गरेको थियो । प्रतिनिधिमण्डलले ८.२ विलियनको एफडिआई प्रतिबद्धतासमेत जनाएको थियो । नेपालमा जम्मा एफडिआईको दुई तिहाई त चीनले मात्र घोषणा गरेको अवस्था छ । यस्तो अवस्थामा चीनले घोषणा गरेको रकम आउनसकेन भन्दा पनि घोषणा गरेको रकम ल्याउन हामीले प्रयास गरेनौँ कि भन्ने हो । अब हामीले यो रकम ल्याउने पोजिसनमा छैनौ वा घोषणा गरेअनुरुप बाँकी रकम उपलब्ध गराउन चिनियाँ सरकारलाई मनाउन सकेनौ ? अथवा सो रकम ल्याउन हामीमा इच्छाशक्ति नै छैन । अथवा हामीमा इच्छा हुँदाहुँदै पनि नसकेको पो हो कि ? अथवा विभिन्न दबाबका कारण स्वीकार गर्न अप्ठ्यारो पो भएको हो कि, खोजीको विषय बनेको छ । अर्को कुरा, नेपालले हाम्रो यीयी परियोजनाहरु छन्, हामीलाई यति लगानीको आवश्यकता छ, यसरी लगानी गर्न सकिन्छ भन्ने स्पष्ट योजना प्रस्तुत गर्न नसक्दा जति लगानी आउनुपर्ने हो सोअनुसार हुन सकेको छैन । चिनियाँ लगानीकर्ताहरु बीचमा चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसनले केही समयअघि हाइड्रोपावर, अस्पताल र काठमाडौं उपत्यकामा मेट्रो सञ्चालनका लागि तीन विलियन अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । सोअनुसार काम हुन सकेको छ ? चीनले नगद प्रदान गर्ने होइन, चीनले लगानीका लागि परियोजना खोज्ने हो ।

आफ्नो प्रभाव बढाउन चीनले चासो देखाएको हो कि अन्य कारण पनि छन् ?
योभन्दा अघि चीनले नेपालमा के चाहन्छ भन्ने बुझ्न जरुरी छ । नेपालको स्वतन्त्र निर्णय, सार्वभौमिकतालाई चीनले सधैँ सम्मान गर्दै आएको छ । चीनले सधैँ नेपालले अन्तर्राष्ट्रिय स्तरमा उठाएका मुद्दाहरुलाई जोड दिएर सहयोग गर्दै आएको छ । नेपालको हरेक आन्तरिक मामिलामा हस्तक्षेप चीनबाट हुँदैन भन्ने प्रशस्त प्रमाणहरु पनि छन् । चीनको चाहना वास्तवमा नेपालको स्थायित्व, विकास, समृद्धि नै हो ।
छिमेकी मुलुकमा स्थायित्व र समृद्धि बन्नुपर्छ भन्ने चीनको चाहनाअनुरुप नेपालले माग गरेअनुसारको सहयोग गर्न चीन तयार रहेको छ । चीनले शक्तिको राजनीति गरेको देखिँदैन । अब कुनै पनि समस्याहरु एउटा सिंगो देशले मात्र नसक्ने अवस्था पनि छ । आफ्नो नीतिलाई समायोजन गरेर समग्र विश्वको साझा विकासलाई अघि बढाउने कसैको चाहना देखिन्छ भने त्यसलाई हस्तक्षेप वा हस्तक्षेपको चाहना मान्न सकिँदैन ।
चीन र चिनियाँहरुमा देखिएको लगानीको आकर्षणलाई नेपालले कसरी सदुपयोग गर्न सक्ला ?
नेपालमा चीनबाट हुने सरकारी र निजी लगानीमा पूरै फरक छ । सरकारले नीति नियममा सुधार गर्न सक्यो भने निजी लगानी बढ्ने देखिन्छ । वास्तवमा सरकारले निजी तवरबाट हुने लगानीमा प्रत्यक्ष सरोकार राखेको छैन । सरकारले बढीभन्दा बढी लगानीको वातावरण बनाइदिने हो । लगानीकर्ताहरुलाई लगानीका लागि प्रोत्साहन गर्ने हो । बरु कसरी कुन मोडालिटीमा लगानी गर्न सकिन्छ समझदारी गर्ने कार्य दुई सरकारको काम हो ।

चीनले नेपालमा गर्ने लगानीका अवसर र सम्भावनाका क्षेत्रहरु कुनकुन हुन् ?
नेपाल आर्थिक विकासको राम्रो सम्भावना भएको मुलुक हो । तर, विभिन्न परिस्थितिले यो सम्भावनाको उपयोग नेपालले गर्न सकेको छैन । नेपालले द्यच्क्ष् (वेल्ट एन्ड रोड इन्टिएटिभ)मा हस्ताक्षर गरेसँगै नेपालले यसलाई सदुपयोग गर्न सक्छ । विशेष गरी नेपालले इन्फास्ट्रक्चरको क्षेत्रमा ठूलो फड्को मार्न सक्छ । त्यस्तै, पर्यटन, जलविद्युत्, रियल स्टेट, होटल, खानीजस्ता क्षेत्रमा नेपालमा लगानीका प्रशस्त सम्भावना र अवसरहरु रहेका छन् । चीनले पूर्वाधार निर्माणलाई महत्व दिएको छ । वान वेल्ट वान रोड अवधारणाको कार्यान्वयनका लागि सिडिबी र चाइना एक्जिम बैंकसमेत स्थापना भएका छन् । त्यसैले यी सबै पूर्वाधार निर्माणमा नै केन्द्रित भएको कारण नेपालले यसको फाइदा लिन सक्छ ।

Comment from facebook

Top