भूकम्पपछि उपभोक्ता सचेत भएका छन्

bikashnirman | भदौ १६, २०७४ - शुक्रबार


आनन्द नेपाल
प्रमुख कार्यकारी अधिकृत, शंकर ग्रुप

आनन्द नेपाल नेपालको स्टिल इन्डस्ट्रिजमा अनुभवी नाम हो । दुई दशकभन्दा लामो समय स्टिल इन्डस्ट्रिजमा बिताएका नेपाल लामो समयदेखि शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टिलमा संग्लन भएर कार्य गरिरहेका छन् । इन्जिनियरिङ ब्याकग्राउन्ड भएका नेपालसँग नेपालको समग्र स्टिल इन्डस्ट्रिज र नेपालको स्टिल इन्डस्ट्रिजमा अग्रणी जगदम्बा स्टिलका बारेमा गरेको कुराकानी ः


नेपालमा समग्र स्टिलको उत्पादन र बजारको अवस्था कस्तो छ ?
स्टिलको माग र उत्पादन र बिक्री वर्षेनी बढ्दै गइरहेको छ । दुई वर्षअघि गएको भूकम्पका कारण केही महिना निर्माणको कार्य रोकिएकाले उत्पादन र बिक्रीमा असर गरेको र त्यसपछि यसको उत्पादन र बिक्री ह्वात्त बढेको देखिन्छ । हाल ८ देखि १० प्रतिशतसम्म वार्षिक स्टिलको मागमा वृदि हुँदै गएको छ । भूकम्पपछि पुनर्निर्माण र नयाँ निर्माणले स्टिलको मागमा वृद्धि हुनुका साथै भूकम्पले घर अथवा भवन निर्माण गर्दा स्टिलको अनिवार्य प्रयोगमा मानिसहरुलाई सचेतनासमेत गराएका कारण स्टिल क्षेत्रको समग्र अवस्था राम्रो देखिएको छ ।

उत्पादन र बजार बढेसँगै यसको गुणस्तरीयतामा ध्यान नजाने हो कि भन्ने चिन्ता छ नि ?
स्टिलको गुणस्तरीयता मुख्यतः तीन विषयमा भर पर्छ । पहिलो कच्चा पदार्थ, त्यसपछि टेक्नोलोजी र निर्माण प्रक्रिया हो । स्टिल मुख्यतः संरचनाको भार वहन गर्नका लागि प्रयोग हुने भएका कारण यसको गुणस्तरीयतामा ध्यान दिन जरुरी छ । बजारमा उपलब्ध स्टिल गुणस्तरीय छ भन्ने दाबी त सबै उत्पादकहरुको हुन्छ नै तर यसको
गुणस्तरीयता पत्ता लगाउने अनेक माध्यम हुन सक्छन् । एकपटक प्रयोग गरिसकेपछि फेरि झिकेर अर्को प्रयोग गर्न नमिल्ने भएकाले उपभोक्ताहरु गुणस्तरीय स्टिल प्रयोग गर्नका लागि सचेत हुन जरुरी छ । गुणस्तरीयता पत्ता लगाउन स्टिलको स्ट्रेन्थ मात्र होइन उत्पादनमा प्रयोग हुने केमिकल केमेस्ट्रीको मात्र चेक गर्न पनि जरुरी छ । नेपालमा विशेष गरी स्टिलको गुणस्तर परीक्षणका लागि नियमनकारी निकाय नेपाल नाप तौल तथा गुणस्तर विभाग नै सक्रिय हुन जरुरी छ । उपभोक्ताले पनि नियमनकारी निकायलाई विश्वास गर्न जरुरी छ । अर्को कुरा, सबैभन्दा मुख्य जिम्मेवारी त उत्पादकहरुको हो । मापडण्डभन्दा कम गुणस्तरमा उत्पादन गर्ने उत्पादकलाई नियमनकारी निकायले याक्सन पनि गर्न सक्नु पर्छ ।
ठूलाठूला आयोजनासँगै प्रननिर्माणको कार्यले गति लिँदा नेपालका स्टिल उत्पादकहरुले माग थेग्न सक्छन् ?
हाल रहेका फ्याट्रीहरुले १६ लाख ट्रन स्टिल उत्पादन गर्न सक्ने छन् । जबकि माग हेर्दा १० देखि ११ लाख टन छ । डिमाण्ड वार्षिक १० प्रतिशत बढ्दा पनि केही वर्षसम्म भइरहेका चालू अवस्थाका उद्योगहरुले नै माग थेग्न सक्ने अवस्थामा छन् । अब केही वर्षमै हाल भइरहेको उद्योगको संख्यामा दोब्बर वृद्धि हुनेछ । त्यसपछि बजारमा अस्वस्थ किसिमको प्रतिस्पर्धासमेत सुरु हुने देखिन्छ । त्यसैले नयाँ धेरै संख्यामा उद्योगहरु थपिनुभन्दा पनि माग बढ्दै जाँदा भइरहेको उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सक्ने अवस्था बनाउनु उपयुक्त हुनेछ ।

नेपालको अग्रणी जगदम्बा स्टिलको बजार अवस्था कस्तो छ ?
जगदम्बा नेपालका अन्य स्टिल उत्पादकहरुभन्दा फरक भूमिकामा छ । देशभर स्टिलको डिमान्डको करिब ४० प्रतिशत हिस्सा जगदम्बाले लिइरहेको अवस्थामा सहज उपलब्धतालाई जोड दिँदै गुणस्तरीय स्टिल उत्पादनमा हामी लागि परेका छौँ । हामीले केही समयअघि मात्र नेपालमै पहिलोपटक ५०० ‘डी’ राइनो नामक प्रोडक्ट बजारमा ल्याएका छौँ । हाल बजारमा उपलब्ध ५०० ग्रेडको डन्डीहरुभन्दा यो फरक रहेको छ । भूकम्पपछि नेपालको भौगोलिक अवस्थालाई ध्यान दिँदै यसको उत्पादन सुरु गरेका हौँ । भूकम्पको जोखिम रहेका ठाउँमा डक्टाइल अर्थात् लचकता थेग्न सक्ने भएकाले यो निकै उपयोगी छ । समग्रमा भन्दा हामीले उत्पादन गरेको ५०० डी र अन्य ५०० ग्रेडका डन्डीहरु छापावाला र तेजावी सुन भनेजस्तो हुन् ।

जगदम्बाले हालै लाएको ५०० डी राइनोको माग र उपलब्धताको अवस्था कस्तो छ ?
भूकम्पीय दृष्टिकोण निकै उपयोगी हुने भएकाले हरेक संरचनामा ५०० डी नै प्रयोग होस् भन्ने हाम्रो चाहाना हो । जगदम्बाले मात्र होइन् अब सबै स्टिल उत्पादकहरुले ५०० डी गुणस्तरमै डन्डी उत्पादन गर्ने भने हाम्रो चाहना हो । हाल मेलम्ची परियोजनासहितमा यो डन्डीको प्रयोग भइरहेको अवस्था छ । ठूलाठूला परियोजनाका लागि आवश्यकपर्ने गुणस्तर परीक्षणमा सफल भइसकेको अवस्था छ । हाल यो प्रोडक्ट काठमाडौँ र पोखरामा उपलब्ध भए पनि चाँडै सबै स्थानमा उपलब्ध गराउने हाम्रो तयारी छ । मूल्यको हिसाब गर्दा पनि ५ सय ग्रेडका डन्डीहरुभन्दा थोरैमात्र महँगो भए पनि घर एवं भवन निर्माणमा ०.५ प्रतिशत पनि खर्च परिवर्तन भने हुने छैन ।

उपभोक्तालाई सचेत बनाउनुभन्दा पनि बिक्रीमा यहाँहरुको बढी ध्यान छ नि ?
व्यापारिक उद्देश्य भएका कारण हामीले बिक्रीमा त ध्यान दिनु जरुरी छ । यसका साथै पनि उपभोक्तालाई सचेत बनाउन पनि जोड दिएका छौँ । हामीले राजधानीभित्र केही भाग छानेर इन्जिनियरलाई तालिम दिएका छौँ । सबै उपभोक्तालाई सचेत बनाउन नसके पनि एकजना इन्जिनियरलाई सचेत पार्नु भनेको सयौँ उपभोक्तालाई सचेत पार्नु हो । त्यसमा पनि भूकम्पपछि त उपभोक्ता स्वयं पनि सचेत भएका छन् ।

Comment from facebook

Top